• काठमाडौं : साताको दोस्रो दिन आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार केही घटेको सुनको मूल्य आइतबार र सोमबार पुनः उकालो लागेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले वृद्धि भएको छ । महासङ्घले सोमबारका लागि छापावाल सुनको प्रतितोला रु ७१ हजार २०० निर्धारण गरेको छ । यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले वृद्धि भई रु ७० हजार ९०० पुगेको छ ।

    आज छापावाल सुन प्रतितोला रु ७१ हजारमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला रु ७० हजार ७०० मा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी रु ५ ले वृद्धि भई प्रतितोला रु ८४५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …