• काठमाडौँ । नेकपाले पार्टी एकताको करिब १८ महिनापछि संगठनात्मक संरचना एकीकरणको मुख्य काम टुंगो लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले केन्द्रीय आयोगहरू, सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व तोकेसँगै पोलिटव्युरो गठनबाहेकको एकीकरण सकिएको हो ।

    केन्द्रीय समितिको एक तिहाइ संख्या पोलिटब्युरोमा रहने विधानमा व्यवस्था छ । केन्द्रीय समिति यसअघि नै गठन भइसकेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच ०७५ जेठ ३ मा एकीकरण भए पनि आन्तरिक विवादका कारण सांगठनिक संरचनाहरू गठन हुन सकेका थिएनन् ।

    आजको कान्तिपुरमा खबर छ–बालुवाटारमा सोमबार बसेको बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा, सचिवमा अशोक रोकाया, निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठ, सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यलाई जिम्मेवारी दिएको छ । त्यसैगरी केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा केशव बडाल, सचिव नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    प्रदेश इन्चार्ज र जनवर्गीय संगठन इन्चार्जको नेतृत्व टुंग्याउँदा असहमति राखेका वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको पछिल्लो निर्णयमा भने सहमति जनाएका छन् । संगठनात्मक संरचनामा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच माथिल्लोदेखि तल्लो तहसम्मै भागबन्डा भएको छ । विभिन्न कमिटीमा फरक–फरक मापदण्डबाट एकता गरिएको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…