• काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल आइपुगेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छिन् ।

    चार दिने बसाईको लागि बंगलादेशी राष्ट्रपतिको तीन दशकपछिको नेपाल भ्रमण आएका हुन् । राष्ट्रपति भण्डारीको निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा आएका छन् ।

    भ्रमणका क्रममा हमिदले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । बङ्लादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।

    यस्तै, पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत शिष्टाचार भेट गर्नेछन् । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौँ उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

    उनको आगमनपछि सुरक्षा समितिले आवश्यक सुरक्षा व्यवस्था मिलाइसकेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुले जानकारी दिए ।

    भ्रमण सम्पन्न गरी उनी कात्तिक २९ गते अपराह्न स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…