किरात नाम नराखिए कडा आन्दोलनको चेतावनी
यायोक्खाले थाल्यो १४ जिल्लामा अभियान
काठमाडौ । प्रदेश १ को नाम किरात नराखिए कडा आन्दोलन गर्ने भन्दै समुदायलाई सचेत गराउने उदेश्यले आज (मंगलबार)देखि किरात राई यायोक्खा केन्द्रीय समितिले प्रदेशको १४ जिल्लामा आन्तरिक तयारीको लागि अभियान सन्चालन सुरु गरेको छ ।
यायोक्खाको किरात प्रदेश अभियान उपसमितिको आयोजना र मोरङ जिल्लाको व्यबस्थापनमा बेलबारीबाट अभियानको उद्घाटन गरेको हो ।
आगामी मंसिर-पुसमा हुने प्रदेशको हिउँदे अधिवेशनमा नाम बारे बहस चल्ने संभावनालाई ख्याल गर्दै अभियान सुरु गरेको यायोक्खा केन्द्रीय उपाध्यक्ष तथा अभियानको संयोजक तिलकप्रसाद राईले बताए । प्रदेश तथा केन्द्रिय राजनीतिक र सरकार प्रमुखलाई यस अघिनै प्रशस्त जानकारी गराएको हुँदा प्रदेशको नाम किरात हुनेमा आफूहरु विस्वास्थ्य रहेको राईले बताए ।
किरात कुनै जाती नभएर इतिहास, सभ्यता, भूगोल र संस्कृतिको आधारमा साझा पहिचान किरात हुनुपर्ने यायोक्खाले माग गर्दै आएको छ ।
पहिचानको आधारमा किरात नाम नराखिए कम्तिमा पाँच लाख जनता निर्णायक आन्दोलनमा उतार्ने योजना रहेको अभियानको संयोजक राईले बताए । यस अघि यायोक्खाले २५ लाख हस्ताक्षर संकलन गरि प्रदेश सरकार प्रमुख शेरधन राई र सभामुख प्रदिककुमार भन्डारीलाई बुझाएका थिए ।
मोरङबाट सुरु भएको अभियान प्रदेशको १४ वटै जिल्लामा सन्चालन हुँने यायोक्खा केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईले बताए । केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, सचिब अर्जुन जम्नेली राईले यायोक्खा केन्द्रीय समितिको क्रियाकलाप, भावी योजना र किरात नामकरण बारे संभावना, चुनौती बारे बोलेका थिए । कार्यक्रममा प्रदेश १ मा आएर जुनसुकै पार्टीका नेताहरुलाई किरात पहिचान विरुद्व नबोल्न समेत चेतावनी दिएका छ्न । भूमिमा आएर कितात साझा पहिचान विरुद्व बोल्ने नेताहरुलाई सामाजिक नहिस्कार समेत हुनसक्ने वक्ताहरुको चेतावनी थियो ।
यायोक्खा मोरङ अध्यक्ष नरहाङ राईको सभापतित्वामा भएको उद्घाटन कार्यक्रम सचिव केदार राईको सन्चालनमा केन्द्रीय सदस्य नागेसचन्द्र राई लगाएयतले बोलेका थिए । कार्यक्राममा जिल्ला, नगर, गाउँपालिका र वडाका पदाधिकारी सदस्यहरु करिव डेढ सयको सहभागिता रहेको थियो ।
जिल्लाको प्रशिक्षणपछि नगर, गाउँ र वडा वडामा किरात प्रदेश अभियान चल्ने केन्द्रीय सचिव अर्जुन जम्नेली राईले बताए ।
अन्तरकृयात्मक कार्यक्रममा अकिलमान राई, सुबासचन्द्र राई, जितुमान राई, प्रताप राई, डम्बर चाम्लिङ राई, भक्तराज राई, देवान राई लगायतले जिज्ञासा तथा सुझाव राखेका थिए ।