काठमाडौं । मिर्गौला बिक्री प्रकरणमा थुनामा रहेका निदान अस्पतालका सिइओ र चिकित्सकसहित पाँच जनालाई जेल चलान गरिएको छ ।
नाता नपर्ने व्यक्तिलाई बिरामीको भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको घटनामा ललितपुरको निदान अस्पतालका सिइओ र चिकित्सकसहित पाँचजना जेल चलान भएका छन् ।
ललितपुर जिल्ला अदालतले अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपेन्द्र प्रधान, चिकित्सक डा. राजेश पन्त कानुनी सल्लाहकार कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत रामचन्द्र आले र मिर्गाैला लिने शंकरलाल लामालाई जेल चलान गर्ने आदेश दिएको हो ।
लामाबाहेक पक्राउ परेका अन्य चारजना मिर्गौेला प्रत्यारोपणमा कागजपत्र प्रमाणीकरण गर्ने कानुन समितिका व्यक्ति हुन् । शंकरलालका आफ्नै भान्जा भन्दै पीडितको मिर्गाैला निकालिएको थियो ।