• काठमाडौं । बालुवाटार जग्गा प्रकरणका कारण बदनाम भएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेलले मन्त्रीको लोभी नभएको भन्दै प्रचार गराएका छन् । नेकपाभित्र भ्रष्टाचारमा सबैभन्दा बढी बदनाम मानिने पौडेलको बालुवाटार जग्गा प्रकरणपछि आंशिक भ्रष्टाचारमात्र सतहमा प्रकट भएको हो । बालुवाटारको सरकारी जग्गा गैरकानुनी रुपमा दर्ता गर्ने मुख्य आरोपित शोभाकान्त ढकाल पौडेलकै सरक्षण प्राप्त ब्यक्ती हुन् ।

    बालुवाटार प्रकरण प्रकट भएपछि नेकपाकै छविमा दाग लागेको बेला उनलाई मन्त्री बनाउँदा ओली सरकार झनै बदनाम हुने आँकलन नेकपा वृत्तमा छ । उनलाई मन्त्री बनाउँदा सरकारप्रति नागरिकमा थप आक्रोस पैदा हुने भएपछि उनले आफैं मन्त्री नहुने प्रचार गराएका छन् । यस्तो प्रचार गराएर उनले पदका लोभी होइन भन्ने सन्देश प्रवाह गराउने प्रयासका रुपमा लिइएको छ । तर उनी पदका कति लोभी हुन् भन्ने कुरा त विगतमा उनी हरेक सरकारमा मन्त्री हुनुले पनि पुष्टी गर्दछ । २०७४ को चुनावपछि बनेको वर्तमान सरकारबाहेक प्रायः उनी हरेक सरकारमा मन्त्री भएकै छन् ।

    बालुवाटार जग्गा सानो कोलमको भ्रष्टाचार हो, उनले कर फस्र्योट आयोगका सदस्य सचिव चुडामणि शर्मामार्फत त्रिवेणी डिष्ट्रिलरीलाई भारीमात्रामा करछुट दिन लगाएर १० बिगाहा राम्रो मूल्य पर्ने जग्गा र आकर्षक नगद घुस लिएको आरोप छ । त्रिवेणी डिष्ट्रिलरीले विभिन्न शीर्षकको करबापत ३ अर्ब ३३ करोड १५ लाख रुपैयाँ बुझाउनुपर्ने थियो । कर फछ्र्योट आयोगले त्यस रक्सी कम्पनीसँग जम्माजम्मी ३ करोड ९९ लाख रुपैयाँमात्रै लिएर बाँकी ३ अर्ब २९ करोड १६ लाख रुपैयाँ मिनाहा गरिदियो । आयोगको निर्णयपछि त्रिवेणीले करिब ९९ प्रतिशत कर छुट पायो । यसभन्दा पनि रोचक पक्ष के छ भने मदिरा प्रयोगकर्ताहरुसँग कम्पनीले उठाएको ७० करोड ८७ लाख ७८ हजार मूल्य अभिवृद्धि कर ९भ्याट० रकममा समेत १ करोड २४ लाख रुपैयाँ असुल गरी बाँकी छुट दिइएको थियो । चुडामणि शर्माले पौडेलकै निर्देशनमा उक्त करछुट दिएका थिए ।

    त्यसैगरी एनसेलको ६२ अर्ब रुपैयाँ लाभकर असुली नगर्नका लागि महासचिव पौडेलले भूमिका निर्वाह गरेका छन् । ठूला करदाता कार्यालयले एनसेललाई लाभकर असुलीका लागि ताकेता गरेपछि उनले कार्यालय प्रमुखमा आफू अर्थमन्त्री हुँदाका निजी सचिव धनीराम शर्मालाई प्रमुखमा सरुवा गरे । एनसेलबाट लाभकर असुली गर्न अर्थमन्त्री हुँदा कुनै पहल गरेनन् । बरु एनसेलसँग ठूलो रकम लाभ लिनेमा उनको नाम अग्रपंक्तिमा आउँछ ।

    देशका ठूला ठेक्का रामेछापका रत्न गौतमलाई दिनका लागि उनले दबाब दिने गरेका छन् । उनले भ्रष्टाचारको ठूलो हिस्सा सम्पत्ति गौतमका नाममा राखेको नेकपाकै एक नेता बताउँछन् । गौतम पौडेलका कुनै बेला बानेश्वरमा डेरा बस्दाका घरबेटी हुन् । गौतमलाई राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत भूकम्प प्रभावित जिल्लाका १४ सय स्कुल निर्माणको ठेक्का दिएका छन् । जुन १६ अर्ब भन्दा बढीको ठेक्का हो। गौतमलाई सबै ठेक्का दिनकै लागि उनले प्राधिकरणमा आफ्नै गृहनगरका सुशील ज्ञवालीलाई सीईओ बनाए । पछिल्लो पटक पनि उनैलाई सीईओ बनाएका छन् । प्राधिकरणले सेन्टर लेभल प्रोजेक्ट इम्पिलिमेन्टेसन युनिट (सीएलपीआइयु)बाट गौतमलाई स्कुल निर्माणको ठेक्का दिइएको हो। सीईओ ज्ञवालीले महासचिव पौडेलकै निर्देशनमा गौतमलाई मात्र स्कुल निर्माणको ठेक्का दिनेगरी स्पेसिफिकेसन राखी टेण्डर गरेको आरोप छ ।

    यी प्रतिनिधि उदाहरणमात्र हुन्, उनको आर्थिक समुन्नतिका । २०५१ मा केही सम्पत्ति नभएको भनी बुटवलको सुख्खानगरमा सुकुम्बासीको रुपमा जग्गा लिएका उनी आज अरबौंका मालिक कसरी भए, नेकपाभित्रैबाट यो प्रश्न उठ्ने गरेको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…