•  

    अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध काठमाडौं जिल्ला* अदालतमा बहुविवाह मुद्दा दायर भएको छ। उनीहरु विरुद्ध छविको पहिलो श्रीमतीले मुद्धा दायर गरेकी हुन् । जनही पाँच वर्ष कैद र पचास हजार जरिवाना माग गरिएको छ। *

    जेठी श्रीमती हेमा कुमारी ओझाले बहुविवाह भएको दाबी*गर्दै प्रहरीमा जाहेरी दिएपछि मुद्धा अघि बढेको हो ।

    उनीहरु विरुद्ध गत कात्तिकमै मुद्दा दायर भए पनि मुद्दा दर्ता भएको रहस्य मंगलबारमात्र* खुलेको हो।स र्वोच्च अदालतमा शिल्पा पोखरेलले जिल्ला अदालतको पक्राउ पुर्जीविरुद्ध दायर गरेको निवेदनमा सरकारी वकिलको कार्यालयले जिल्लामा मुद्दा दायर भएको जानकारी गराएपछि यो रहस्य खुलेको हो।*

    सरकारी वकिलको कार्यालयले कात्तिक २८ गते दुवैविरुद्ध विवाह बदर र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।यसरी मुद्दा दायर भएपछि सर्वोच्च अदालतमा रहेको मुद्दा खारेज हुनुपर्ने बहस सरकारी वकिलको कार्यालयले गरेपछि मंगलबार सर्वोच्चमा रहेको मुद्दा खारेज भएको थियो।

    जिल्ला अदालतले फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमा कुमारी ओझाले बहुविवाह भएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरेको थियो। बहुविवाह मुद्दामा* अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो। उनीहरु पक्राउ नपरेपछि सरकारी बकिलको* कार्यालयले बहुविवाह मुद्दा दायर गरेको हो।

    जिल्ला अदालतको पक्राउ पुर्जीपछि फरार रहेका उनीहरुको बयान नै नभएपछि सरकारी वकिलको कार्यालयले हदम्यादभित्र मुद्दा दायर गर्नुपर्ने बाध्यतामा बीचमा फितलो मुद्दा दायर गरेको छ।जिल्ला अदालतको पक्राउ पुर्जीविरुद्ध दुवै पक्ष उच्च र सर्वोच्चसम्म धाउन थालेको र जाहेरी परेको ३५ दिनभित्र मुद्दा दायर गर्नुपर्ने बाध्यतापछि* सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो।जिल्लामा मुद्दा दायर भएपछि अब दुवैका नाममा अदालतबाट म्याद जारी हुनेछ।अदालतको म्याद बुझेर* उनीहरु जिल्ला अदालत हाजिर हुनुपर्ने छ।

    अदालत उपस्थित नभएमा भने अदालतले अन्य प्रक्रिया अवलम्बन गरी मुद्दाको किनारा गर्ने छ। जिल्ला अदालतले पुर्जी जारी गरेपछि अभिनेत्री पोखरेल उच्च अदालत हुँदै सर्वोच्च पुगेका थिइन्। शिल्पाले २०७६ साउन २९ गते रिट हालेकी थिइन्। उक्त रिटमा सुनुवाई गर्दै भदौ १ गते अदालतले शिल्पालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो। प्रधानन्यायाधीश *चोलेन्द्र शमशेर राणाको एकल इजलासले दिएको आदेश अनुसार पक्राउ पुर्जी *कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको थियो। जिल्ला अदालतले पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनीहरू हालसम्म फेला परेका छैनन्।ताजा खबर बाट[][]

    यो पनि पढ्नुस**

    अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

    १. तपाईंको मुटु स्वस्थ हुन्छः

    अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

    बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

    २. तपाईंको पाचनक्रिया बलियो हुन्छः

    अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

    ३. तपाईंलाई उर्जावान् राख्छः

    अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

    ४. तपाईंको मृगौला स्वस्थ रहन्छः

    अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

    नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

    ५. विभिन्न क्यान्सरबाट जोगाउँछः

    पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

    ६. सास फेर्न सहज बनाउँछः

    सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।**

सम्वन्धित समाचार

मोरङ : किरात राई यायोक्खा प्रारम्भिक कमिटी किर्तिमानको आयोजनामा लेटाङ नगरपालिका वडा नं ३ स्थित साकेला पा…

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक काठमाडौँ । कलाकार बिराज बा…

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…