नेपालको राजनीतिमा आजसम्म देशका लागि त के होला नहोला तर व्यक्तिगत राजनीतिमा बर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली जस्तो चलाख प्रधानमन्त्री कोही बनेकोछैन । उनले आफ्नो शत्ता टिकाउनका लागि कोसंग कस्तो व्यवहार गर्नु पर्छ टक्क जानेका छन् ।
पार्टीको आन्तरिक सन्तुलन मिलाउन पनि कहिले कसलाई काखमा लिनु पर्छ र कहिले कसलाई लात हान्नु पर्छ, भन्ने कुरा उनलाई पुरै थाहा छ । यो क्षमता उनमा जन्मजात थियो वा पावरमा गए पछि उत्पन्न भयो भन्ने पत्ता लगाउन कसैले पनि सक्दैन ।
यदि जन्मजात थियो भने उनी लामो समय सम्म पार्टीको दोश्रो तहको नेतामै थिए । जहाँसम्म महासचिवको बन्ने कुरा छ उनी कहिल्यै महासचिव बनेको उदहरण छैन । अध्यक्षमा पनि उनी तेश्रो प्रयासमा विजयी भएका हुन् ।
अध्यक्ष बन्दा उनले जसलाई सवैभन्दा ठूलो मोहरा बनाएका थिए उसलाई लगभग कोमा लगि सकेका छन् । पहिलो पटक र दोश्रो पटक दुवै पटक प्रधामन्त्री बन्नका लागि उनका दाता प्रचण्ड नै हुन् जसलाई पहिलोपटक त धोखा दिए । दोश्रोपटक हेर्न बाँकी छ ।
अव तेश्रो रणनीति अन्तर्गत केही विरोधी जस्ता देखिएका माधव नेपाललाई फकाउँदै छन् ।
त्यसैको शिलशिलामा गत भदौंदेखि सम्बन्धमा चिसोपन उत्पन्न भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच औपचारिक दोहोरो संवाद रोकिएको थियो ।
रोकिएको दोहोरो संवादमा बुधवार २७ गतेको भेटघाट पछि पुर्नताजगीको चरणमा पुगेकोछ ।
राजनीतिमा कोही स्थायी शत्रु र मित्र हुँदैन तर कति बेला कसलाई प्रयोग गर्ने भन्ने क्षमता चाहि राजनीतिक क्षमता भित्र पर्छ । त्यसैले यो लेखले प्रधानमन्त्रीलाई कुनै प्रकारले केही नकारात्मक वा सकारात्मक भन्न खोजेको होइन ।
तर मानिसलाई आवश्यकता अनुसार रिगाउन सक्ने क्षमता व्यापक उनमा छ । यो क्षमता हिजो भिमसेन थापामा थियो, त्यसपछि सिधै जंगवाहादुरमा गयो , त्यसपछि जंगवाहादुरको कुललाई नै रोक्ने काम वीरशमसेरले गरे चन्द्र शमशेरले ३१ बर्ष राज्य गरे त्यसपछि भिम जुद्ध महेन्द्र चलाख नेता हुन् ।
राजतन्त्रको बाइप्रडक्ट भएपनि सूर्य बहादुर थापाले पनि देशमा प्रभावकारी शासन नै चलाएका हुन् । २०४६ पछि गिरिजा कोइरालाले राजनीतिमा पहिला नराम्रो र पछि राम्रो छाप छोडे । त्यसपछि प्रचण्डले केही गर्छन् कि भन्ने बेलामा सम्पुर्ण अहो भाग्यका श्रृंखलाहरु ओलीका पोल्टामा परेका पर्यै छन् ।
यो ऋंखला कहिले सम्म चल्छ थाहा छैन तर आजको मितिमा चक्रव्यूहका रचना ओलीको लगाममा छ जसरी महाभारतमा अभिमन्यूको हातमा थियो । जब सम्म ओली भन्दा दक्ष र सक्षम व्यूह रचनाकार आउँदैन सवै उनैको व्यूहमा फस्दै जाने हो ।
यसमा माधव नेपाल एकपात्र मात्र हुन् ।