• नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्नेगरी तयारी अघि बढाएको छ । सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने गरी केन्द्रीय तहमा नै ‘सर्भे तथा सीमा अनुगमन निर्देशनालय’को स्थापना गरेको हो ।

    नेपाली सेनाका सहायक रथी एवं सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सीमाको अनुगमन, निरीक्षण तथा सर्भे गर्ने र सोबाट प्राप्त अवस्थाको सुझाव सरकारलाई दिनेगरी सेनाले ‘सर्भे तथा सीमा अनुगमन निर्देशनालय’को स्थापना गरेको जनाए ।

    ‘सीमा क्षेत्रको अनुगमन तथा सर्भेसमेत गर्ने गरी सर्भे तथा सीमा अनुगमन निर्देशनालयको स्थापना भएको हो,’ सैनिक प्रवक्ता पाण्डेले राजधानीसँग भने,‘निर्देशनालयले विभिन्न समयमा प्राप्त तथ्य तथा दस्तावेजको अध्ययनसमेत गरी प्राप्त विवरणसहितको सुझाव सरकारलाई दिनेछ ।’

    सरकारले जारी गरेको राष्ट्रिय सुरक्षा नीतिमा सीमा सुरक्षाको लागि सेना सधै तत्पर रहने उल्लेख छ । सेनाले सरकारको नीति तथा कार्यक्रम र राष्ट्रिय सुरक्षा नीतिमा टेकेर यस्तो निर्देशनालय गठन गरेको हो । तर, सीमामा कुन रूपमा र कसरी सेनालाई परिचालन गर्ने भन्ने विषयमा भने कानुनमा उल्लेख छैन । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…