• काठमाडौं । भिडियो शेयरिङ प्लेटफर्म युट्युबले आफ्नो सेटिङमा परिवर्तन गर्ने भएको छ । युट्युबले मुद्रीकरण प्रक्रिया तथा सामग्री पत्ता लाग्ने क्षमतालाई प्रभावित पार्न सक्ने महत्त्वपूर्ण परिवर्तनहरू गर्न लागेको जानकारी गराएको छ ।

    बालबालिकाहरूको अनलाइन गोपनीयताको सुरक्षा गर्ने ऐन र अन्य प्रचलित कानुनको पालना गर्न बिहीबारदेखि सबै निर्माताहरूले आफ्नो सामग्री बालबालिकाका लागि बनाइएको हो कि होइन भन्ने कुरा जानकारी गराउनुपर्नेछ । युट्यबले युट्युब सञ्‍चालकहरुलाई इमेलमार्फत ती कानुनको पालना गर्न सघाउ पुगोस् भन्नका लागि युट्युब स्टुडियोमा दर्शकसम्बन्धी नयाँ सेटिङ प्रस्तुत गर्न लागिएको जानकारी गराएको छ ।

    अमेरिकी व्यापार आयोग (एटीसी) र न्युयोर्कका महान्यायाधिवक्तासँग गरिएको सम्झौताका अंशबमोजिम यी परिवर्तन गर्न आवश्यक रहेको र यिनले बालबालिकाहरूको अनलाइन गोपनीयताको सुरक्षा गर्ने ऐन (कोपा) र/वा अन्य प्रचलित कानुनहरूको पालना गर्न मद्दत गर्ने जनाएको छ ।

    के कुरा परिवर्तन गरिँदै छ?

    आजदेखि उप्रान्त, सबै निर्माताहरूले युट्युब स्टुडियोमा आफ्नो सामग्री बालबालिकाका लागि बनाइएको हो कि बालबालिकाका लागि बनाइएको होइन भन्ने जनाउन चिन्ह लगाउनु पर्ने हुन्छ।

    जनवरीदेखि सुरु हुने गरी: उक्त कानुनको पालना गर्दै बालबालिकाका लागि बनाइएको सामग्रीका हकमा सङ्कलन गर्ने डेटाको परिमाण सीमित पारिने छ । यसको अर्थ यस्ता सामग्रीका हकमा वैयक्तीकृत विज्ञापन असक्षम पारिनेछन् (यस कार्यले बाल सामग्री निर्माण गर्ने निर्माताहरूको आय प्रभावित हुन्छ) । यसका साथै टिप्पणी र सूचनालगायत अन्य निश्चित सुविधाहरू पनि हटाइनेछन् ।

    यो परिवर्तन गरिनुको कारण के हो?

    अमेरिकी व्यापार आयोग (एफटीसी) र न्युयोर्कका महान्यायाधिवक्तासँग गरिएको सम्झौताका अंशबमोजिम यी परिवर्तन गर्न आवश्यक भएको युट्युबले जनाएको छ । युट्युब निर्माता जुनसुकै ठाउँमा रहे पनि भिडियोहरू बालबालिकाका लागि बनाइएको नामक कोटीअन्तर्गत पर्छन् भने ती भिडियोहरू बालबालिकाका लागि बनाइएको भनी सेट गर्न लगाउनु पर्ने हुन्छ ।

    बालबालिकाका लागि बनाइएको भनी स्पष्ट देखिने सामग्री फेला पार्न मेसिन लर्निङ प्रणालीको पनि प्रयोग गरिने छ । युट्युब निर्माताले आफ्नो सामग्रीको दर्शक सेट गरेन वा कुनै त्रुटि वा दुरुपयोग भएको पत्ता लागेमा युट्युबले नै युट्युब निर्माताका लागि दर्शक सेट गरिदिने छ ।

     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…