• कार्तिक २९, सुनसरी । मङ्सिर १४ गते ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।उपनिर्वाचन नजिकिँदै गर्दा कम्युनिष्ट साख धरानबाट हटाउने परिवर्तनका पक्षधरहरु बताउँछन् ।

    नेपाली कांग्रेसले हिजो (बिहीबार) धरान–१३ अमरपथमा गरेको घरदैलो कार्यक्रममा डम्बरबहादुर लिम्बूले यसपालीको चुनावमा परिवर्तन देख्न खोजेको बताए । सो वडाका हरिबहादुर लिम्बुको मत पनि परिवर्तनको पक्षमा नै छ ।

    उनीहरू त केबल प्रतिधिपात्र मात्र हुन् । यसपालीको चुनावमा अमरपथ, जिरो पोइन्ट, फुर्रे, भुपु सैनिक मार्ग, राई टोल जस्ता दर्जनौँ टोलमा परिवर्तनको लर्को नै लागेको छ ।

    ३० वर्षदेखि धरानमा नेतृत्व गरेका नेताहरुले काम नगरेकाले उनीहरुलाई सजाय र नेपाली कांग्रेसलाई एक पटक मौका दिन आग्रह गर्दै तिलक राई मत माग्न व्यस्त छन् । घरदैलो कार्यक्रममा राईलाई वडाबासीसँग आशिर्वाद दिन तथा परिवर्तनको पक्षमा आफ्नो अमूल्य मत दिएर नेतृत्वको स्वाद फेर्न र विकासका गतिविधि हेर्न आग्रह गरे ।

    धरान–१३ स्थित राई टोलमा उम्मेद्वार राईलाई फुलमाला तथा अवीर जात्रा गरेर स्वागत गरिएको थियो । सर्दु खोलाको किनारमा रहेको सो राई टोलमा कांग्रेसलाई यसरी पहिलो पटक स्वागत गरिएको नेपाली कांग्रेसका क्षेत्र नं १ सदस्य आशिष कट्वालले बताए ।

    घरदैलोमा मत माग्दै हिँडेका राईको पक्षमा नारा समेत लगाइएको थियो । राई टोलमा स्वागतपछि उम्मेद्वार तिलकले राई टोलमा खानेपान, सडक र सुकुम्बासी व्यवस्थापनमा आफूले काम गर्ने बताए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव सुरु भएको छ । …

मोरङ । आफ्नो धार्मिक÷सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीम…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोली (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव हुँदैछ ।  न…

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चा झापा जिल्लाको बिहिबार भएको प्रथम जिल्ला सम्मेलनबाट शन्तोष राईको नेतृत्व…