• काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलम यतिबेला प्रहरी हिरासतमा छन् ।

    राजापुर बम बिस्फोटका घाइतेलाई जिउँदै इँट्टा भट्टाको चिम्नीबाट आगोमा खसालेर जलाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । चुनावमा बुथ कब्जा गर्नका लागि बम बनाउँदै गर्दा त्रुटीवश बम पड्किएपछि घटना लुकाउन आलमले यस्तो अकल्पनीय अपराध गरेका थिए । तपाई हामीलाई अकल्पनीय लागेपनि उनको लागि भने यो सामान्यजस्तै हो । उनको दबदबा कस्तो थियो भन्ने जान्न अहिले पनि पीडितहरुको गाउँ पुग्ने हो भने प्रष्टै हुन्छ । आलम छुटेर आए भने मार्छन् भन्ने त्रासमा उनीहरु दिन काटिरहेका छन् ।

    आलमविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत रौतहटमा जन्मकैदको मागदाबीसहित मुद्दा दायर गरेको छ । उनको बयान चलिरहेको छ । बयान नसकिएकाले थुनछेक बहस हुन सकेको छैन । भोली बयान सकिएमा भोली नै थुनछेक बहस अघि बढ्नेछ । उनलाई निर्दोष सावित गर्नका लागि थुनछेक बहसमा उनको पक्षबाट बहस गर्नका लागि नेपालका नाम चलेका वकिलहरु रौतहट पुग्दैछन् ।

    पूर्व महान्यायाधिवक्तासमेत रहेका बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, नेपाल बार एशोसियसनका पूर्व अध्यक्षहरु बरिष्ठ अधिवक्ता शेरबहादुर केसी, शम्भू थापा, सुनिल पोखरेल गौर पुगेका हुन् । उनीहरुले थुनछेक बहसमा आलम निर्दोष रहेकाले रिहा गर्नुपर्ने भन्दै तर्क पेश गर्नेछन् ।

    काठमाडौंबाट केही बरिष्ठ वकिलसँगै रौतहटमा सक्रिया अधिकांश वकिलले पनि आलमको पक्षमा बहस गर्नका लागि वकालतनामा लिएका छन् । नागरिक स्तरबाट भने वकिलहरुले कस्ता मुद्दामा बहस गर्ने भन्ने ख्याल पुर्याउनुपर्ने भन्दै आलोचना भइरहेको छ । राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला बरिष्ठ वकिलहरुको गतिविधि लक्षित गर्दै ट्वीटरमा लेख्छन् , ‘वाह!यस्ता पो वकिल, पैसा भनेपछि मलमूत्रवाहक ढलबाट पनि मुखैले टिप्ने !।’

    आलमको विपक्ष अर्थात पीडितका पक्षमा बहस गर्नका लागि सरकारी वकिलका अलावा बरिष्ठ अधिवक्ताहरु पुष्पराज पौडेल, डाक्टर युवराज संग्रौला, गोबिन्द बन्दी, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठीलगायतका वकिलहरु रौतहट पुगेका छन् ।

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—१, मा रहेको पञ्चायत माविमा तीन दिने सांगीतिक पीटी व्यवस्थापन…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नुमना विद्यालय पञ्चायत मावि…

मोरङ । मोरङको पथरीशनिश्चरे सडक खण्डमा १५ दिन भित्र चारवटा सवारी दुघट्ना हुँदा ६ जनाको मृत्यु भएको छ ।&nb…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन “प्याब्सन” पथरी शनिश्चरे नगर कार्यसमितिको शनिबार …