काठमाडौं । नेपाली कांग्रेसका नेता अफताब आलमलाई रौतहटको गौरबाट रातारात ललितपुरस्थित नख्खु कारागार सारिएको छ । शुक्रबार जिल्ला अदालत अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएका राजपुर बम काण्डका अभियुक्त आलमलाई जिल्लामा राख्न सुरक्षा जोखिम भएकाले शनिबार विहान ४ बजे नख्खु कारागार ल्याएको हो ।
राजपुर बम कान्डमा इटाभट्टामा जिउँदै मान्छे जलाएको आरोप थियो । आलमलाई सर्वस्वसहित जन्मकैद माग गर्दै रौतहट जिल्ला अदालतमा मुदा दायर भएको छ ।