• काठमाडौं । आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल दरुण दलले आफ्ना कार्यकर्ताहरु परिचालन गर्ने भएको छ ।

    तरुण दल केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले केन्द्रीय निर्वाचन परिचालन समिति र केन्द्रीय अनुगमन समिति निर्माण गरी जिम्मेवारी तोकेको हो ।

    दलले केन्द्रीय उपाध्यक्ष उत्तम कुमार चापागाईको संयोजकत्वमा केन्द्रीय चुनाव परिचालन समिति गठन गरेको हो। केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले दिएको जानकारी अनुसार केन्द्रीय चुनाव परिचालन समितिको सदस्यहरुमा निर्वाचन हुन गइरहेको ३७ जिल्लाका जिल्ला अध्यक्षहरु सदस्य रहेका छन्।

    दलका केन्द्रिय कोषाध्यक्ष विद्वान गुरुङलाई केन्द्रीय अनुगमन समितिको संयोजक तोकिएको समेत बस्नेतले बताए।

    उम्मेदवारी हुने सबै (प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, उपमहानगरपालिका मेयर, गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य) तहका निर्वाचन हुने सम्बन्धित जिल्लाका जिल्ला सदस्यहरुलाई सो निर्वाचनको निर्वाचन परिचालन समितिको संयोजक तोकिएको तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    निर्णय अनुसार चुनाव हुने सबै ठाउँमा तरुण दल परिचालित भएको अध्यक्ष बस्नेतले जानकारी दिए।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…