• २० पुष २९७४ काठमाडौं रातोकलम  ।

    माओवादी केन्द्र सम्बद्ध आदिवासी÷जनजाति राष्ट्रिय महासंघ नेपालका महासचिव सुरेश आले मगरले अध्यक्ष प्रचण्डलाई ध्याना आकर्षण पत्र बुझाउदै माक्र्सवाद–लेनिनवाद र माओवाद त्याग्न नहुने भन्दै ध्यान आकर्षण पत्र बुझाएका छन् ।

    माओवाद त्यागिए जनयुद्धको घोर अपमान मात्र नभएर आन्दोलन पूर्ण विघटनहुने बताइएको छ । महासंघ पार्टी सम्बद्ध जातीय मोर्चाहरुको छाता संगठन हो । पार्टीको केन्द्रीय सचिवालय सदस्यसमेत रहेका आले मगरको टोलीले आज पार्टी हेडक्वाटर पेरिषडाँडामा पुगेर पत्र बुझाएको हो ।

    पत्रमा कम्युनिष्ट विचार सिद्धान्त र कार्यदिशा त्यगिए विलय हुने तर्क गरिएको छ । एकता अपरिहार्य भएपनि एकताको आधार स्थायी सरकार, विकास निर्माण, आर्थिक संमृद्धि मात्र हुननहुने पत्रमा उल्लेख छ ।

    युद्ध कालमा पार्टीले उठाएको जातीय स्वायत्तता, स्वशासन, पहिचान , अधिकार स्थापित नभइसकेको भन्दै एमालेसँग पार्टी एकता गर्दा वर्गीय र जातीय मुक्तिको विषयलाई अपरिहार्य एजेण्डा बनाउन माग गरेका छन् । नेपालका उत्पीडित जातिहरु अझै संघर्षमा रहेको पार्टी अध्यक्षले त्यसको मर्म बुझ्नु पर्ने सुझाव दिएका छन् ।

    समानुपातिक निर्वाचन प्रणाली, आरक्षण कोटा र विशेष अधिकार उत्पीडिन, अन्याय अत्यचार, दमन, विभेदमा पारिएका राज्य सत्तामा पौज नभएका समुदाय, लिङ्ग र क्षेत्रको लागि हुनुपर्नेमा समानुपातिक प्रणालीको दुरुपायोग भएको महासंघको ठहर छ ।

    भर्खरै भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ पार्टीका पौजवाला नेताहरुले दुरुपायोग, भ्रष्टिकरण र विकृतिकरण गरेको भन्दै विकृति तत्काल सच्यान माग गर्दै नसच्चिए खुलेर विरोध गर्ने ध्यानआकर्षण पत्रमा उल्लेख छ । समानुपातिक सूचीमा आदिवासी समुदाय भित्र पनि जातीय क्लष्टर र क्षेत्र मिलाउनुपर्ने माग समेत माग गरेका छन् ।

    ध्यान आकार्षण पत्र बुझाउन आलेसँगै पार्टी पोलिटब्युरो सदस्य नवीन रोका मगर, दुर्गा राई, कमानसिंह लामा, केन्द्रीय आयोजक समिति सदस्य आङदावा शेर्पा, सल्लाहाकार मणी लामा, तामाङ मोर्चाको अध्यक्ष सुर्यमान दोङ, शेर्पा मोर्चाका अध्यक्ष ङिङि शेर्पा, कुमाल मोर्चाका अध्यक्ष तारा कुमाल, किराती मोर्चाका महासचवि अर्जुन किराती, लिम्बुवान मोर्चाका महासचिव पकन्दी लिम्बू लगायत विभिन्नि मोर्चाका पदाधिकारीहरु पेरिषडाँडा पुगेका थिए ।

    प्रतिनिधि सभाको निर्वाचनमा पूर्व सभामुख ओनसरी घर्तिमगर समानुपातिकको सूचीमा रहेका छन् । राज्य स्तरमा पौज स्थापित गरिसकेकी मगर वर्षमान पुनको पत्नि हुन् । त्यस्तै नेता देव गुरुङकी पत्नि रेखा सुवेदीको नाम आदिवासी जनजाति कोटाबाट समानुपातिक सूचीको अघिल्लो पंक्तीमा रहेको छ । माओवादी नेता लिलामणी पोख्रेलकी श्रीमति शसी श्रेष्ठको नाम पनि आदिवासी कोटामै अघिल्लो पंक्तिमा छ । सार्वजनिक बहसमा रहेका यी नामहरु पार्टीमा योगदानको हिसावले प्रतिनिधिसभामा चयनहुन योग्य भएपनि समानुपातिक सिद्धान्त विपरित भएकोमा आदिवासी जनजाति समुदायवीच आलोचनाहुदै आएको छ । पत्रमा भने नेताकी पत्निहरुको बारेमा केही उल्लेख छैन ।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…