• काठमाडौं। नेपालको सीमाना भारतले मिचिएकोप्रति नागरिकहरू आन्दोलित भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने बताउनुभएको छ।

    काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो –‘यो देशभक्त सरकार कसैलाई हाम्रो एक इन्च पनि जमिन मिच्न दिंदैन, संसारसामु शान्तिप्रिय छवि भएको नेपालले कसैको एक इन्च जमिन मिच्दैन।

    छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस्।कतिपयले सरकारलाई नक्सा सच्याउन सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नक्सा सच्याउनुभन्दा भूमि फिर्ता लिने कुरा महत्वपूर्ण रहेको बताउनुभयो।

    दशकौं अघि नेपाली भूमि अतिक्रमित हुँदा मौन रहने तर, अतिरिक्त देशभक्ति देखाउने नाममा उश्रृङ्खल गतिविधि गर्ने काम अनुचित रहेको बताउदै प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैको साथ रहेको छ।

    सरकारलाई प्राप्त बलियो समर्थनका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु, हामी कुटनीतिक संवादबाट समस्याको समाधान गर्नेछौं।’एक अर्के प्रसंगमा उहाँले भन्नुभयो–‘कानुनी पूर्वाधार बनाउन हामीले धेरै समय लगाउनु परे पनि आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुर्याउन सफल भएका छौं, आयात घटाउँदै निर्यात बढाएर व्यापार घाटा कम गर्दै लगेका छौं, उत्पादन बृद्धि र पूर्वाधार विकासमा हामी तीब्र गतिका साथ अघि बढेका छौं।’ नेपाल समाचार पत्रबाट ।

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…