• काठमाडौँ । दशरथचन्द नगरपालिका(९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालक कारागार चलान भएका छन्। बैतडी जिल्ला अदालतले चालक किशोर बोहरालाई आइतबार पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो।

    जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउनका लागि आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधीवक्ता भानदेव जोशीले जानकारी दिए।

    त्यस्तै चालक बोहरालाई महिलामाथि डोजर चलाउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार धरौटीमा रिहा गर्ने आदेश भएको छ।

    गत कार्तिक ४ गते ग्वाल्लेकको चिलाउनेमा सडक निर्माण गर्ने क्रममा स्थानीय गौरी जोशीलाई डोजरले हुत्याएको थियो। सडक निर्माण गर्ने र सडक निर्माण गर्न नदिने पक्षबीच विवाद हुँदा झडप समेत भएको थियो।

    आफ्नो जमिनमा जबरजस्ती डोजर चलाएको भन्दै सडक रोक्ने पक्षले अवरोध गर्दा डोजरले महिलालाई हुत्याएको थियो। डोजरले हुत्याउने चालक किशोर बोहरालाई प्रहरीले कार्तिक ४ गते पक्राउ गरेको थियो। यस्तै डोजर चलाउन उक्साउने डोजर मालिक जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई कार्तिक ६ गते पक्राउ गरेको थियो।

    समितिले प्रतिवेदन बुझाउन बाँकी

    बैतडी डोजरकाण्डका विषयमा अदालतले निर्णय गरिसके पनि गत कार्तिक ५ गते स्थानीय प्रशासनले गठन गरेको छानबिन समितिले भने अझै प्रतिवेदन बुझाउन सकेको छैन्।

    सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगी नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाउन नसकेको हो।

    डोजरकाण्डका विषयमा प्रतिवेदन तयार भएको तर प्रमुख जिल्ला अधिकारी जिल्ला बाहिर भएकाले बुझाउन नसकेको समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। ‘हामीले प्रतिवेदन तयार पारिसकेका छौं, प्रमुख जिल्ला अधिकारी आउने बित्तिकै बुझाउने छौं’, उनले भने। अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…