• काठमाडौँ । दशरथचन्द नगरपालिका(९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालक कारागार चलान भएका छन्। बैतडी जिल्ला अदालतले चालक किशोर बोहरालाई आइतबार पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो।

    जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउनका लागि आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधीवक्ता भानदेव जोशीले जानकारी दिए।

    त्यस्तै चालक बोहरालाई महिलामाथि डोजर चलाउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार धरौटीमा रिहा गर्ने आदेश भएको छ।

    गत कार्तिक ४ गते ग्वाल्लेकको चिलाउनेमा सडक निर्माण गर्ने क्रममा स्थानीय गौरी जोशीलाई डोजरले हुत्याएको थियो। सडक निर्माण गर्ने र सडक निर्माण गर्न नदिने पक्षबीच विवाद हुँदा झडप समेत भएको थियो।

    आफ्नो जमिनमा जबरजस्ती डोजर चलाएको भन्दै सडक रोक्ने पक्षले अवरोध गर्दा डोजरले महिलालाई हुत्याएको थियो। डोजरले हुत्याउने चालक किशोर बोहरालाई प्रहरीले कार्तिक ४ गते पक्राउ गरेको थियो। यस्तै डोजर चलाउन उक्साउने डोजर मालिक जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई कार्तिक ६ गते पक्राउ गरेको थियो।

    समितिले प्रतिवेदन बुझाउन बाँकी

    बैतडी डोजरकाण्डका विषयमा अदालतले निर्णय गरिसके पनि गत कार्तिक ५ गते स्थानीय प्रशासनले गठन गरेको छानबिन समितिले भने अझै प्रतिवेदन बुझाउन सकेको छैन्।

    सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगी नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाउन नसकेको हो।

    डोजरकाण्डका विषयमा प्रतिवेदन तयार भएको तर प्रमुख जिल्ला अधिकारी जिल्ला बाहिर भएकाले बुझाउन नसकेको समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। ‘हामीले प्रतिवेदन तयार पारिसकेका छौं, प्रमुख जिल्ला अधिकारी आउने बित्तिकै बुझाउने छौं’, उनले भने। अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…