• बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा सार्वजनिक गरिएका दिलिप विष्टमाथि पुनः अनुसन्धानको माग अघि सारिएको छ ।

    निर्मलाकी आमा दुर्गादेवी पन्तले आफुले किटानी जाहेरी दिँदा समेत दिलिपमाथि कुनै अनुसन्धान नभएको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशिलकुमार बैद्यसँग दुखेसो पोखेकी छन् । दुर्गाले दिलिपले नै निर्मलाको हत्या गरेको भन्दै गत २२ भदौमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।

    सोमबार निर्मलाकी आमा दुर्गाले कञ्चनपुरका प्रजिअ बैद्यलाई भेटेरै छोरीका हत्यारा सार्वजनिक गर्न र शंस्कास्पद व्यक्तिमाथि अनुसन्धान गरिदिन माग राखेकी छन् । ‘प्रहरीले लिएको बयानमा दिलिपले हत्या गरेको स्वीकार गरेका छन्, जुन जुन विषय उतिबेला बोले त्यही विषय अहिले पनि बोलिरहेका छन्,‘ निर्मलाकी आमा दुर्गाले भनिन्, ‘गत वर्ष बोलेका विषय र अहिले बोलेका विषय पुरै मिलेका छन् ।’

    दुर्गाले दिलिप आफ्नै घरवरिपरी आउँदा डर लाग्ने उल्लेख गर्दै सार्वजनिक स्थलमा समेत आफैले निर्मलाको हत्या गरेको हुँ, भनेर बोल्दा समेत प्रहरीले उनीमाथि समान्य केरकार नगरेको बताइन् । कतिपय अधिकारकर्मीले निर्मलाका नाममा डलर पचाएर पन्छिएको दुर्गाले आरोप लगाउदै आएकी छन् ।

    कञ्चनपुरका प्रहरी प्रमुख दिनेश आर्चायले निर्मला घटनाको अनुसन्धान जारी रहेको बताए । ‘हामी अनुसन्धान गरिरहेका छौँ, ‘उनले भने, ‘निर्मलाकी आमाले दिएको किटानीको विषयमा समेत हामीले कानुनी प्रकृया अघि बढाएका छौँ ।’

    निर्मला हत्या भएको झण्डै १५ महिना वितिसक्दा पनि प्रहरीले अझैसम्म पनि वास्तविक हत्यारा पत्ता लगाउन सकेको छैन ।

    #निर्मला हत्याकाण्ड # दिलिप विष्ट # अनुसन्धान

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…