• काठमाडौं : उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले मन्त्रीसँग पद नसाट्ने बताएकी छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन गरेको आग्रहलाई अस्वीकार गर्दै उपसभामुख तुम्बाहाम्फेले संवैधानिक पद संकटमा पर्नेगरी राजीनामा नदिने बताएकी हुन्।

    ‘सभामुखसमेत नभएको अवस्थामा मैले राजीनामा दिँदा संवैधानिक संकट हुन्छ’, उपसभामुखको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

    नेकपाले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख र उपसभामुखको छुट्टै व्यक्तिलाई बनाउने तयारी गरेको छ। संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख एउटै दलको हुँदैन। उपसभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बुधबार उपसभामुखले मन्त्री पदको शपथ नलिने जानकारी दिए।

    ‘उपसभामुखले आज मन्त्री पदको शपथ लिनुहुन्न’, प्रेस सल्लाहकार अधिकारीले भने।

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…