• काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारमा तत्कालीन (माओवादी केन्द्र) को तर्फबाट कसलाई हटाउने र कसलाई राख्ने भन्ने लागेपनि तत्कालीन नेकपा (एमाले) को तर्फबाट नाम टुंगो लाग्न सकेको छैन ।
    तत्कालीन माओवादीका तर्फबाट मन्त्री बनेका मातृका यादव र चन्द्रपाणि खनाल ‘बलदेव’ हट्ने निश्चित भएको छ । उनीहरुको ठाउँमा लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने निश्चित भएको छ । प्रचण्डको निजी सचिवालय स्रोतका अनुसार प्रचण्डले आफ्नो तर्फबाट दिनुपर्ने नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइसकेका छन् ।

    यद्यपी प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले कसलाई राख्ने र कसलाई हटाउने भन्ने अधिकार प्रधानमन्त्री ओलीको भएको बताए । यस्तै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि मन्त्रिपरिषदमा कसलाई राख्ने र कसलाई हटाउने भन्ने अधिकार प्रधानमन्त्रीमा रहेको बुधबारको नेकपा सचिवालय बैठकपछि पत्रकारहरुलाई बताएका थिए ।

    तत्कालीन एमालेको तर्फबाट कसलाई हटाउने र कसलाई राख्ने भन्नेमा हालसम्म टुगों लगाएको छैन । तत्कालीन एमालेबाट पनि दुईजना हट्ने सम्भावना रहेको छ । तर त्यसको टुंगो लागेको छैन । यद्यपि हट्नेको चर्चामा एमालेका तर्फबाट मन्त्री बनेका रघुवीर महासेठ र लालबाबु पाण्डित रहेका छन् ।

    प्रधानमन्त्री ओलीले मन्त्री हेरफेरमा माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ खनाललाई सन्तुष्ट बनाउन सकेका छैनन् । प्रधानमन्त्रीले बुधबारनै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेको भनिएपनि ‘कार्यव्यस्तताको कारण देखाउँदै’ स्थगित गरिएको थियो ।

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको कार्यव्यस्तताका कारण सपथग्रहण स्थगित भएको हो ।

सम्वन्धित समाचार

मोरङ । पछिल्लो बिषम परिस्थितिमा हुनसक्ने चोरी लगायतका सुरक्षा चुनौती सामना गर्न मोरङको पथरीशनिश्चरेमा नाग…

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…