• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनपछि बाहिरिएका र नयाँ मन्त्रीहरुको स्वागतमा ‘डिनर पार्टी’ आयोजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ नयाँ र पूराना मन्त्रीहरुलाई परिवारसहित बोलाएका थिए । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरलले प्रधानमन्त्री केपी शर्मा ओलीको निवसमा मन्त्रीज्यूहरु परिवारसहित भन्दै सामाजिक सञ्जालमा फोटोसमेत सेयर गरेका छन् । प्रधानमन्त्रीले आह्वान गरेको डिनर पार्टीमा काठमाडौंमा उपलव्ध भएका अधिकांश मन्त्रीहरु उपस्थित भएपनि मन्त्रिमण्डल पुनर्गठनका क्रममा बहिर्गमनमा परेकाको भने खासै उपस्थिती थिएन । पूर्व भौतिक योजना मन्त्री रघुवीर महासेठ पत्नीसहित बालुवाटार पुगेपनि अन्य पूर्व मन्त्रीहरु भने बालुवाटार गएनन् ।

    ‘बाहिरिनु भएका र नयाँ आउनु भएका सबैलाई डिनरका लागि प्रधानमन्त्री ज्यूले बोलाउनु भएको थियो’ बालुवाटार निकट श्रोतले भन्यो,‘तर बाहिरिनु भएका पूर्व मन्त्रीहरु खासै आउनु भएन । नयाँ मन्त्रीहरु मन्त्राणीसहित उपस्थित हुनुभएको थियो ।’ राजधानीमा रहेका मन्त्रीहरु उपस्थित भए भनिएपनि सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव र उनको दल समाजवादी नेपालका तर्फबाट मन्त्रीरहेकाहरुको भोजमा उपस्थिति थिएन । ‘यो पारिवारिक भेटघाट र चिनजान जस्तै कार्यक्रम हो,’ बालुवाटार स्रोतले भन्यो,‘यो पुरानै प्रचलन पनि हो ।’ खानपान र गफगाफका क्रममा प्रधानमन्त्री ओलीले मन्त्रीहरु र पुनर्गठनपछि मन्त्री बनेकाहरुलाई प्राथमिकता तय गरेर अघि बढ्न सुझाव दिएका थिए ।

    ‘औपचारिक कुनै कार्यक्रम भएको होइन’ स्रोतले भन्यो,‘प्रधानमन्त्री ज्यूले विकास निर्माण, जनचासोलाई ख्याल गरेर अघि बढ्न र सरकारमाथि भइरहेको आक्रमणको डटेर सामाना गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।’ केही मन्त्रीहरु पत्नीसहित साँझ साढे ६ बजे बालुवाटार पुगेका थिए भने केही ढिला पुगेका थिए । केही मन्त्रीहरु राति १० बजेसम्म बालुवाटारमा खानपान गरेर फर्किएका थिए ।

    यो पनि पढ्नुस

    जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

    अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

    सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

    पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

    यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्माको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

    त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

    आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…