पूजापाठका अतिरिक्त आफ्नो अफिस, पसल तथा घरमा बिहान बेलुका नियमित रूपमा अगरबत्ती बाल्ने गरिन्छ । यसको धूवाँको बास्ना आफ्नो वरपर फैलिदा हामी आनन्दित हुने समेत गर्छौं । तर याे धुवाँ मानव स्वास्थ्यको लागि निकै नै हानीकारक मानिएको छ ।
चाइनामा एक चिकित्सक टोलीले गरेको अध्ययन अनुसार अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुने बताएको छ । धूपबाट निस्कने धूवाँले ब्रेन ट्युमर तथा क्यान्सर समेत हुनसक्ने खतरा उक्त अध्ययनले औल्याएको छ ।
त्यस्तै अगरबत्तीमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुने र यस्तो धूवाँबाट शरीर पोल्ने समस्या उत्पन्न भै क्यान्सरसमेत हुन सक्ने दावी अमेरिकन क्यान्सर सोसाइटीले गरेको छ। एजेन्सी