काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ ।
अस्पताल व्यवस्थापनको विषयलाई लिएर झडप भएको हो । व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको जनाइएको छ ।
अनियमितता गरेको आरोप लगाउँदै नेमकिपा नेतृत्वको भक्तपुर नगरपालिकाले नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षमा नयाँ व्यवस्थापन समिति गठन गरेपछि नेपाल कम्युनिस्ट पार्टी र नेपाली काँग्रेसले केही समयदेखि आपत्ति जनाउँदै आएका छन् ।
यही विषयलाई लिएर केही समयदेखि विवाद रहँदै आकामा एक्कासि झडप भएको हो