•  

    काठमाडौं । युटयुवर मोडेल गर्ल सोनिकासँगको डेटिङ देखि विभिन्न धार्मिक पर्यटकीय क्षेत्रको भ्रमणबाट पछिल्लो समय विभिन्न मिडिया तथा सामाजिक संजालमा चर्चाको शिखरमा छाएका गरेका पूर्वयुवराज पारस शाहको अर्को एक तस्विर सार्वजनिक भएको छ । महाराजगञ्ज स्थित निर्मल निवासको पर्खाल बाहिरको सडक पेटीमा दुई साधुको बीचमा एक एक कुकुर साथै राखेर पारस बसिरहेको तस्विर सार्वजनिक भएको कुरा मिडिया समकक्षी यस काठमाडौ डटकमले लेखेका छन।

    एक ताका बाँदरसँग खेल्दै गरेको उनको तस्विर पनि निकै भाइरल बनेको थियो । तर यसपटक उनले दुई साधु सन्तका बीचमा लामो कपाल सहित कालो चश्मा लगाई पेटीमा बसेको तस्विर सार्वजनिक गरेका छन् । उनको तस्विर कस्तो अबस्थामा र किन खिचिएको हो त्यो भने उनले खुलाएका छैनन् । तस्विर सार्वजनिक गर्दै उनले लेखेका छन् -‘आफैसँग खुसी नहुँने मान्छे जीवनमा कहिले खुसी हुन सक्दैन, जीन्दगी सुन्दर छ । तर खुसी त हृदयबाट निस्किन्छ ।’

    परिवारबाट बाहिर रहँदै आएका पारस कहिले काँहि निर्मल निवास पुग्ने गर्दछन् । पछिल्लो समय उनी धार्मिक यात्रामा बढी रहने गरेका छन् । धार्मिक यात्राकै क्रममा उनले मदिरा पिउँदे गरेको एक भिडियो फुटेज सार्वजनिक भएको थियो ।

    यसपटक उनले सार्वजनिक गरेको तस्विरमा दुई साधुका बीचमा कुकुर र पारस बसिरहेका छन् । कालो चश्मा लगाएका पारस धर्नामा बसेजस्तै गरी सडक पेटीमा बसेका छन् ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…