•  

    काठमाडौं । युटयुवर मोडेल गर्ल सोनिकासँगको डेटिङ देखि विभिन्न धार्मिक पर्यटकीय क्षेत्रको भ्रमणबाट पछिल्लो समय विभिन्न मिडिया तथा सामाजिक संजालमा चर्चाको शिखरमा छाएका गरेका पूर्वयुवराज पारस शाहको अर्को एक तस्विर सार्वजनिक भएको छ । महाराजगञ्ज स्थित निर्मल निवासको पर्खाल बाहिरको सडक पेटीमा दुई साधुको बीचमा एक एक कुकुर साथै राखेर पारस बसिरहेको तस्विर सार्वजनिक भएको कुरा मिडिया समकक्षी यस काठमाडौ डटकमले लेखेका छन।

    एक ताका बाँदरसँग खेल्दै गरेको उनको तस्विर पनि निकै भाइरल बनेको थियो । तर यसपटक उनले दुई साधु सन्तका बीचमा लामो कपाल सहित कालो चश्मा लगाई पेटीमा बसेको तस्विर सार्वजनिक गरेका छन् । उनको तस्विर कस्तो अबस्थामा र किन खिचिएको हो त्यो भने उनले खुलाएका छैनन् । तस्विर सार्वजनिक गर्दै उनले लेखेका छन् -‘आफैसँग खुसी नहुँने मान्छे जीवनमा कहिले खुसी हुन सक्दैन, जीन्दगी सुन्दर छ । तर खुसी त हृदयबाट निस्किन्छ ।’

    परिवारबाट बाहिर रहँदै आएका पारस कहिले काँहि निर्मल निवास पुग्ने गर्दछन् । पछिल्लो समय उनी धार्मिक यात्रामा बढी रहने गरेका छन् । धार्मिक यात्राकै क्रममा उनले मदिरा पिउँदे गरेको एक भिडियो फुटेज सार्वजनिक भएको थियो ।

    यसपटक उनले सार्वजनिक गरेको तस्विरमा दुई साधुका बीचमा कुकुर र पारस बसिरहेका छन् । कालो चश्मा लगाएका पारस धर्नामा बसेजस्तै गरी सडक पेटीमा बसेका छन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…