• दमक | झापाको दमकमा यहि पुसको अन्तिम सातादेखिदेखि शुरु हुन लागेको प्रादेशिक स्तरको दमक महोत्सवको उद्घाटन गर्न माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ) आउने भएका छन् ।

    दमकको पहिचान र गौरवको रुपमा हुन लागेको दमक महोत्सवको उद्घाटन गर्न पुष २७ गते प्रचण्ड दमक आउने भएका हुन् । त्यस्तै उद्घाटनमा उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणालगायतका उद्योगी,व्यवसायीहरुको सहभागी हुने छन् ।

    प्रचण्डले यसअघि २०६५ सालमा दमक उद्योग वाणिज्य संघले आयोजना गरेको तश्रो दमक महोत्सवको समेत उद्घाटन गरेका थिए ।

    विगतका महोत्सवहरु भन्दा यसपटकको महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न संघले आवश्यक तयारी तीव्र बनाएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक राजन दंगालका अनुसार उद्घाटन कार्यक्रमलाई बिशेष आर्कषण गराउन हेलिकप्टरबाट पुष्प बृष्टिको पनि तयारी गरिएको छ । महोत्सवको आकर्षणको रुपमा सर्वसाधरणहरुका लागि शुल्क बुझाएर हेलिकप्टर शयरको व्यवस्था समेत मिलाइएको संयोजक दंगालले जानकारी दिए ।

    त्यस्तै महोत्सवको आकर्षणको रुपमा हेलिकप्टरसंगै उंट, हात्ती र घोडा शयरको पनि व्यवस्था मिलाइएको छ ।

    दमक– ७ स्थित सयपत्री टोलको रतुवा खोला किनारमा पुष २७ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको स्टल बनाउनेदेखि लिएर महोत्सव स्थलको ब्यवस्थापनका कामहरु धमाधम भईरहेको दमक उद्योग बाणिज्य संघ अध्यक्ष राजेन्द्र ढकालले बताए । महोत्सवमा करिव २ सय बढी व्यवसायिक स्टलहरु रहने छन् ।

    महोत्सवबाट संकलित रकमबाट ब्यवसायिक हित कोष बृद्धि र इलम प्रशिक्षण केन्द्र व्यवस्थापन गर्न सहयोग पुग्ने अध्यक्ष ढकाल बताँउछन् ।

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…