• २०७६ मंसिर १० मंगलवार

    धरान  ! उपमहानगरपालिकाको आगामि मंसिर १४ गते हुने उपनिवार्चनको नेकपा प्रत्यासि उम्मेद्धवार प्रकास राईलाई जिताउन धरानका मुस्लिम समुदायहरु एकजुट भएका छन् । साेमबार धरान तिन पुरानो बजार स्थित अल नेपाल मुस्लिम संगठनले निवार्चन लक्षित सभा आयोजना गर्दे नेकपा उम्मेद्धवार राईलाई जिताउने प्रतिबद्धता गरेका छन् । केहिदिन अगाडी चुनावि प्रचार प्रसारको क्रममा नेपालि काग्रेसले मुस्लिम समुदायको नवाज बेथोलेको भन्दै घोर आपत्ति समेत जनाएका थिए । मुस्लिम समुदायको लागि नेपालि काग्रेसले कुनै पनि उल्लेखनिय काम नगरेको भन्दै उनिहरुले नेकपा उम्मेद्धवार प्रकाश राईलाई नै जिताउन समेत आग्रह गरेका छन् ।

    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा प्रदेश ईन्चार्ज भिम आचार्यले बहुदल नेपालि काग्रेसको एजेण्डा नरहेको बताएका छन् । नेपालि काग्रेसलाई उनले भिजन बिनाको पार्टी समेत भनेका छन । नेपलि काग्रेसको दुईतिहाई सरकार हुदा समेत कुनै पनि क्षेत्रमा कार्यक्रमहरु ल्याउन नसकेको बताउदै उनले हाल नेकपाको सरकारले देशलाई समृद्धी तर्फ लगिरहेको समेत उनले दाबि गरे । नेपालि काग्रेसकै नेतृत्वमा नेपालमा रहेका सबै उधोगधन्दाहरु ध्वस्त बनाई निजिकरण गरेको समेत उनले आरोप लगाए । दश वर्षे शाशन गर्दा पनि नेपालि काग्रेसले कुनै उल्लेखनिय काम नगरेको दाबी समेत उनले गरेका थिए । उनले कार्यक्रममा बोल्दै जातिवादी पार्टीहरु धेरै दिन नटिक्ने समेत बताएका छन ।

    नेकपाका केन्द्रिय सदस्य मेफुज आलमले नेपालि काग्रेसको सरकार हुदा मुस्लिम समुदायको विशेष पर्व ईद बक्रईदमा सार्वजानिक विदाको आग्रह गर्दा बकमफुस्रे कुरा गरेर कुरा टालेको उनले बताए । उनले भने यसरी कुनै पनि समुदायको धर्म र सस्कार सस्कृतिको सम्मान नगर्ने पार्टीलाई सबैले बहिष्कार गर्नुपर्ने समेत उनले बताएका छन्् । यो पटकको मत यदी दायाँबायाँ गरी नेकपाको जित नभए धरानको समृद्धी असम्भव रहने समेत उनले बताए । नेपालि काग्रेसको नेतृत्वमा आजसम्म मुस्लिम समुदायको लागि के त्यस्ता उल्लेखनिय काम गरेको छ भनि प्रश्न गर्दे उनले नेकपाको सुर्यवाहक चिन्हमा मतदान गर्न समेत उनले आग्रह गरेका छन् ।

    धरानका मुस्लिमहरुलाई नेपालि काग्रेसले ठेकेदार लगाइ प्रयोग गरिहेको नेकपा जिल्ला सदस्य भिमज्वला राइले बताएका छन् । मुस्लिम समुदायका केही काग्रेसीहरुलाइ प्रयोग गर्दे धार्मिक सहिष्णुता भडकाउने काम गरिरहेको समेत उनले बताए । धरानको समृद्धी विकाश र सबै जातित्वको सम्मान र सुरक्षाको लागि नेकपाको नेतृत्व जरुरी रहेको उनले बताए । उनले भने नेपालि काग्रेस यस्तो पार्टी हो जसले एकात्मकवादी र एकलधर्मवादी को नारालाई बोकेर हिडेको छ यो पार्टीले कुनै पनि समुदायको धर्म र सस्कृतिलाई कुनै हालतमा सम्मान र सुरक्षा दिन नसक्ने उनले बताए । यसै क्रममा धरानका धराने मुस्लिम समुदायहरुको धर्म र सस्कार माथि पनि नेपालि काग्रेसले प्रहार गरेको उनले बताए । उनले भने केही दिन अघिमात्रै मुस्लिमहरु बसेको नवाजमा गई होहल्ला र भड्कौलि नाराबाजि गर्दे चुनावि प्रचार प्रसार गर्ने के गर्न हुने र के गर्न नहुने नचिन्ने मान्छेले सिंगो धरानको नेतृत्व कसरी गर्न सक्छ भनेर उनले नेपालि काग्रेस उम्मेद्धवारलाई ठाडो प्रश्न समेत गरेका थिए । पटक पटक नेपालि काग्रेसले गरेको नकरात्मक गतिविधिलाई औल्याउदै उनले १४ गतेको निवार्चनमा यसको हिसाब किताब गर्ने समेत उनले चेतावनि दिएका थिए ।

    सभालाई सम्बोधन गर्दे नेकपाका उम्मेद्धवार प्रकाश राइले धरानका मुस्लिम समुदाय एक ईतिहास रहेको बताउदै मुस्लिम समुदायको मुदा र समस्या माथि आफु जहिल्यै प्रतिबद्ध रहने समेत उनले बताए । साथै उनले मुस्लिम समुदायको मदरसा पठनपाठनको व्यवस्थाको लागि पनि नेकपाले पहल गरिरहेको उनले बताए । सभामा नेकपा अखिल सदस्य वसिम आलम,प्रवेश आलम,वडा नं ९ वडाध्यक्ष रत्नबहादुर कटुवाल,फिरोज अलि,बिकाश बनेपालि लगायतले बोलेका थिए ।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…