• विनोद सिंह विष्ट, बैतडी ।
    स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसवाट निर्वाचित बैतडीका एक वडाअध्यक्ष सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

    डिलाशैनी गाउँपालिका ७ का वडाअध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिनुभयो । पुर्चौडी नगरपालिका ४ भटनामा आयोजित चुनावी सभामा निर्वाचित अध्यक्ष धामीसंगै १५ जनाले नेकपामा प्रवेश गरेको गिरीको भनाई छ ।

    नबप्रवेशीहरुलाई नेपाल कम्युनिष्ट पार्टीका सुदूरपश्चिम सहसंयोजक एवं पूर्वमन्त्री भानुभक्त जोशीलगायतका नेताले स्वागत गरेका थिए ।

    यसैबिच उक्त चुनावी सभालाई सम्बोधन गर्दै नेकपाका सुुदूरपश्चिम सहसंयोजक एवं पूर्वमन्त्री जोशीले बैतडीको पुर्चौडी क्षेत्रमा एक बर्षभित्रै विद्युतीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पुर्चौडी क्षेत्रमा अस्पताल स्थापनाका लागि पनि सरकारले पहल गर्नेछौं उहाँले भन्नुभयो “सरकारले अहिले सुखी नेपाली समृद्ध नेपालको नारा लिएर अगाडि बढीरहेको छ , विकासका आधारभूत कुरामा नागरिकको पहुँच पुर्याउन सरकारले पुर्याउछ ” चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेकपाका पक्षमा मतदान गर्न पनि आह्वान गर्नुभयो ।

    चुनावी सभामा नेकपाका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज नरेन्द्र कुँवर, बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारी, जिल्ला अध्यक्ष सुरेन्द्र पाल, प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट, नेता परमानन्द भट्ट लगायतको सहभागिता रहेको थियोनेकपाले मंसीर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै केन्द्रिय नेताको सहभागितामा चुनावी सभा गर्दै आएको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…