• काठमाडौं । नेपाल कमर्श क्याम्पस मिनभवनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्तामाथि खुकुरी प्रहार गरेको छ । नेपाल कमर्श क्याम्पस, मिनभवनका अनेरास्ववियु अध्यक्ष बम रावलको निर्देशनमा गरिएको खुकुरी प्रहारबाट नेविसंघका १० जना विद्यार्थीहरु घाइते भएका छन् ।

    बुधबार क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसंघ र अनेरास्ववियुको बीचमा छलफल भई बाहिर निस्कने क्रममा सो आक्रमण भएको नेविसंघले जनाएकव छ । अनेरास्ववियुका अध्यक्ष बम रावलको निर्देशनमा विमल भट्टराई, दिपेन्द्र क्षेत्री, दिवस सापकोटा, प्रकाश रावल लगायतका समूहले नेपाल विद्यार्थी संघ इकाई सभापति सरोज तिमिल्सीना, निरज शाह लगायत १० जना विद्यार्थीहरुलाई सांघातिक रुपमा खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

    खुकुरी आक्रमणमा परेका सरोज तिमिल्सीना र निरज शाह गम्भीर घाइते भई ललितपुर स्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

    उक्त घटनाको एक घण्टापछि नेपाल प्रहरीका डिएसीको नेतृत्वमा पुगेका सुरक्षाकर्मीले समेत अनेरास्ववियुका विद्यार्थीहरुलाई संरक्षण गर्दै नेविसंघका विद्यार्थीहरुलाई निर्घात रुपमा पिटेका छन् । सुरक्षाकर्मीबाट नेविसंघका दुजङ शेर्पा लगायत धेरै विद्यार्थीहरु घाइते भएका छन् ।

    शान्तिपूर्ण रुपमा छलफलमा भाग लिई फर्केका नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुमाथि अनेरास्ववियुबाट भएको सांघातिक आक्रमणको नेपाली कांग्रेसले निन्दा र भर्त्सना गरेको छ ।

    बिहिबार कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'आक्रमणकारी अनेरास्ववियुका विद्यार्थी एवं संलग्न सुरक्षाकर्मीहरुलाई कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस जोडदार माग गर्नुका साथै घाइते विद्यार्थीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।'



सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…