• बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ मा एक कांग्रेस कार्यकर्तालाई अपहरण गरी उनकै फोनबाट कांग्रेस उमेदवार सुरेन्द्रप्रसाद भट्टलाई फोन गरी बोलाई नेकपा कार्यकर्ताले हातपात गरेका छन् ।

    नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेद्वार सुरेन्द्रप्रसाद भट्टले बुधवार राति साढे १० बजे नेकपाका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको र आफूले भागेर ज्यान जोगाएको बताए ।

    आफ्नो एकजना कार्यकर्तालाई नेकपाका कार्यकर्ताहरुले अपहरण गरी आफूलाई फोन गर्न लगाएको र उसलाई छुटाउन जाँदा आफूमाथि हातपात भएको उम्मेद्वार भट्टले बताए। दोगडाकेदार गाउँपालिका ४ को मटेला भन्ने ठाउँमा आफूमाथि हातपात भएको उम्मेद्वार भट्टले जानकारी दिए ।

    प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले नेपाली कांग्रेसका उम्मेद्वार भट्टमाथि हातपात भएको मौखिक जानकारी आएको बताए पनि सुरक्षामा खास ध्यान भने नदिएको स्थानिय कांग्रेसले जनाएको छ ।

    कांग्रेसले उम्मेद्वार भट्टमाथि हातपातको घटनामा संलग्नलाई कडा कार्वाहीको माग गरेको छ ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…