• विशेषज्ञको सल्लाह र निगरानीमा मात्रै सेवा गर्न पाइने गर्भपतनको औषधि जथाभाबी विक्री वितरण भइरहेका छन्। शंखमूलको एक महिला नजिकैको फार्मेसीमा गर्भपतनको औषधि किन्न जाँदा सञ्चालकले उनलाई १२ थरीका औषधि देखाए।

    सञ्चालकले रोजेर जुनसुकै औषधि प्रयोग गर्न सकिने सल्लाह दिए। उनले हचुवामा मिफिटीक नामक औषधि रोजेर पाँच दिनको औषधि किनिन्। जबकि, औषधि व्यवस्था विभागमा गर्भपतन गराउने चारथरी मेडावोन, एमपिटीकिट्स, मेरीप्रिस्ट, र प्रेग्नोकिट मात्रै दर्ता भएका छन्।

    बजारमा भने २० देखि २५ थरीका यस्ता औषधि किन्न पाइन्छ, जुन दर्ता नभएका अवैधानिक हुन्। यी औषधिको मूल्यमा पनि एकरुपता छैन। विक्रेताले मनपरी पैसा लिन्छन्।

    राजधानीका अस्पताल वरिपरिकै फार्मेसीमा यस्ता अवैध औषधि छ्याप्छ्याप्ती पाइन्छन्। सुरक्षित गर्भपतनको कानुनी प्रावधानअनुसार यस्ता औषधिको कारोबार गर्नेले सुरक्षित गर्भपतन अंकित बोर्ड र प्रमाणपत्र देखिने गरी राख्नुपर्छ।यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…