• नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री दिएर आफ्नो गठबन्धनमा ल्याउने गृहकार्य अगाडि बढाएको छ ।

    वाम गठबन्धनबीच पार्टी एकीकरणमा ढिलासुस्ती भईरहेका बेला कांग्रेसका केही नेता प्रचण्ड निकटका नेतासँग नयाँ सरकार गठनमा तालमेल गर्ने गृहकार्यमा जुटेका छन् ।

    कांग्रेसले शान्ति प्रक्रियाको बाँकी काम एमालेसँगको एकताले पुरा नहुने भन्दै वाम गठबन्धन विभाजन गर्ने खेलमा लागेको बताइएको छ ।
    कांग्रसलाई पनि सकेसम्म सहमतिका साथ अगाडि लिएर बढ्नुपर्नेमा प्रचण्डले जोड दिँदै आएको छ ।

    पार्टी हारको बारेमा समीक्षा गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन नेताहरुले दबाब दिए पनि पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचनको मिति लम्ब्याएर प्रचण्डलाई फकाउने रणनीति लिएको कांग्रेसका एक नेताले बताए ।
    आजको नेपाल समाचारपत्रमा यो खबर छ, कांग्रेसले शान्ति प्रक्रियाको काम सम्पन्न नभएको र बाँकी काम सम्पन्न गर्न कांग्रेस र माओवादी केन्द्र मिलेर अगाडि बढ्नुपर्ने तर्कसहित गठबन्धन गरेर नै अगाडि बढ्नुपर्नेमा जोड दिँदै आएको बताईएको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…