• काठमाडौँ / नेपाल प्रज्ञा–प्रतिष्ठानले २९६ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउने भएको छ । लामो समयदेखि नेपाली भाषा, साहित्यको विकास र विस्तारमा काम गर्दै आएको प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन मूल समारोह समिति गठन गरेको जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि आफ्नो संयोजकत्वमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सांस्कृतिक संस्थान, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक समारोह समितिलगायत सदस्य रहने गरी मूल समारोह समिति गठन गरिएको जानकारी दिनुभयो ।

    यस्तै नेपाल इतिहास संघ, गोरखा सेवा समाज, लायन्स क्लब अन्तर्राष्ट्रिय बहु जिल्ला ३२५ नेपाल, उज्यालो नेपाल र नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेको उप्रेतीले बताउनुभयो । प्रतिष्ठानले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा राष्ट्रियतासम्बन्धी प्राज्ञिक बहससमेत गराउँदै राष्ट्रव्यापी रुपमा मनाउन व्यवस्था मिलाउन सरकारलाई अनुरोध गर्ने भएको छ । यसैगरी सोमबार अपराह्न १ बजे ‘आजको सन्दर्भ र पृथ्वीनारायण शाह’ विषयको विचार गोष्ठी आयोजना गर्ने, २५ र २६ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट चित्रकला प्रदर्शन गरिने प्रतिष्ठानले जनाएको छ ।

    पुुस २७ गते बिहान १० बजे प्रतिष्ठान परिसरबाट ब्याण्डबाजा र पञ्चेबाजासहित सिंहदरबारस्थित पृथ्वीनारायण शाहको शालिकसम्म प्रभातफेरिको कार्यक्रमको आयोजना गरिने र अपराह्न २ बजे विभिन्न राजनीतिक दलका नेता एवं बौद्धिक व्यक्तित्वको प्रवचन कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका सदस्यसचिव प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…