• काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला तीन सय रुपैयाँ वृद्धि भएको छ ।

    महासंघका अनुसार आजको लागि छापावाल सुन प्रतितोला ७१ हजार ६ सय र तेजावी सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ । गएको शुक्रबार सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने आज तीन सय रुपैयाँ नै वृद्धि भएको हो ।

    आईतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएपनि चाँदीको मूल्यभने स्थिर रहेको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला ८५५ रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोहि स्थिर मूल्यमा कारोबार भइरहेको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …