• काठमाडौं, १७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं प्रदेश सांसद जगत सिंखडा बेहोस भएर अस्पताल भर्ना भएका छन् । आज बसेको मजदूर विशेष जिल्ला कमिटीको बैठकमै बेहोस भएका उनलाई थापाथलीस्थित् नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

    उनको उपचारमा संलग्न बरिष्ठ मुटुरोग विशेष डा. शिवजी विक्रम सिलवालले भीर मौरीको महले मुटुमा हार्ट ब्लक सिंखडा बेहोस भएको बताएका छन् । अहिले सिंखडाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको रहेको डा सिलवालले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

    उनले भने,‘भीर मौरीको महले उहाँको हार्ट ब्लक भएर बेहोस हुनुभयो ।’ उनकाअनुसार सिम्खडाको स्वास्थ्यमा अहिले सुधार भएको छ । उनले भने,‘७२ घण्टा राखेर घर फर्काउँछौं ।’ सिंखडा प्रदेश तीनका सांसद हुन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मजदूर विशेष जिल्ला कमिटीका अध्यक्ष हुन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…