• काठमाडौं । पार्टीको विशेष महाधिवेशनको माग गर्दै आएका ७ जना युवा मध्येका युवा नेता विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको प्रवक्तामा मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार शर्मालाई पार्टी प्रवक्तामा मनोनित गरेका हुन् । झापाका युवा नेता शर्मा प्रखर वक्ता मानिन्छन् ।



    पार्टीको विशेष महाधिवेशनको माग गर्दै विभिन्न समुहमा रहेका युवा नेताहरु चन्द भण्डारी, धनराज गुरुङ शर्मा, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, प्रदीप पौडेल एकै ठाँउमा उभिएका थिए ।



    १३ औं महाधिवेशन भएको लामो समयसम्म देउवाले लामो समयसम्म प्रवक्ता मनोनित गरेका थिएनन् । पछिल्लो समय अर्का युवा नेता गगन थापालाई पार्टी प्रवक्ता मनोनित गर्न लागिएको चर्चा पनि आयो । यो भन्दा पहिले पनि शर्मालाई पार्टीको प्रवक्तामा मनोनित गर्ने चर्चा थियो ।



    सुशील कोइराला सभापति भएको समयमा नेपाल बिद्यार्थी संघका सवै पूर्व अध्यक्ष पार्टीको केन्द्रीय समितिमा पुगेपछि शर्मा भने केन्द्रीय समिति भन्दा बाहिर थिए । पार्टीको १३ औं महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित युवा नेता शर्मा नेपाल बिद्यार्थी संघका पूर्व अध्यक्ष हुन् ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…