• इटहरी । छोराले मात्र पिण्ड दान गर्न मिल्ने भन्दै पण्डितले किरिया गर्न नमाने पछि सुनसरीको ईटहरीका दुई बालिका अलमलमा परेका छन् ।
    इटहरी १७ खनारमा ७ दिन अघि पेटको बाथको उपचारको क्रममा आमा गुमाएका दुई नाबालीका सन्तानले आफ्नै आमाको किरिया गर्न बाट बञ्चित हुनु परेको छ । इटहरी १७ मा बस्दै आएकी राधा आचार्यको उपचारको क्रममा ७ दिन अघि विराटनगर स्थीत नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो ।
    मृत्यु पश्चात तिन दिन अघि सतगत गरेका आफ्नी आमाको किरियामा आफन्त कोही नबस्ने भए पछि आफै बस्न तयार भएका दुई छोरी १६ बर्षको सनम आर्चाय र १३ बर्षको स्वयेक्षा आचार्य लाई पण्डीतले नमिल्ने भन्दै किरिया गर्न नमानेको स्थानीय सचिन नेपालले बताएका छन् । उनिहरुले केहि समय अघि बुबा पनि गुमाएका थिए ।
    नेपालले आर्थीक स्थीती कमजोर भएको कारण आफन्तले पनि नहेरेको भन्दै गाँउलेले सहयोग गरीरहेको तर पण्डीतले किरिया गर्न नमानेको उनले जानकारी गराएका छन् । आचार्यको सन्तानको रुपमा दुई छोरी मात्र रहेको र मृत्यु पश्चात किरिया गर्ने अधिकार उनिहरु लाईनै रहेको भन्दै गाँउलेले सहयोग गरे पनि कुनै पण्डित तयार नभए पछि समस्या भएको नेपालको भनाई रहेको छ ।
    पण्डित नमाने पछि दुई बालीकाले तिनदिन देखी आमाको किरिया गर्न पाएका छैनन् । पण्डीतहरुले सास्त्रीय नियम अनुसार छोरीले पिण्ड दिन नमिल्ने भन्दै तर्किएका छन् । पण्डितले मृत्यु हुनेको छोरा नभए पनि आफन्तका छोरा मान्छेले मात्र पिण्ड दिन पाउने भन्दै उनिहरुले किरिया गर्न अस्वीकार गरेको स्थानियले बताएका छन् ।

सम्वन्धित समाचार

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…