• काठमाडौं । युवा नेता विश्‍वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त भएसँगै गगन थापाले शुभकामना दिएका छन् । गगनले मंगलवार साझ सामाजिक सञ्जाल ट्विटर मार्फत शुभकामना दिएका हुन् ।

    गगनले विश्वप्रकाशले प्रभावकारी कार्यसम्पादन गर्ने अपेक्षा राख्दै नयाँ पुस्तालाई पार्टी सभापतिले दिएको जिम्मेवारी प्रति धन्यवाद दिएका छन् ।  उनले ट्विटमा  'विश्वप्रकाश दाइ नेपाली कांग्रेसको प्रवक्ता हुनु भएकोमा बधाई तथा प्रभावकारी कार्यसम्पादनको शुभकामना! नयाँ पुस्तालाई जिम्मेवारी दिनुभएक‍ोमा पार्टी सभापतिलाई धन्यवाद!' लेखेका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विश्वप्रकाश शर्मालाई प्रवक्ता नियुक्त गरेकेका हुन् । देउवाले पार्टीको १२औँ महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा काँग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनयन गरेका हुन् ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…