•  

    तिलोचन गौतम,जानुवरी-१०
    क्वालालम्पुर,

    मलेसिया लगायत अन्य देश हरुमा बिस्तार हुँदै आइरहेको Monspace र 1w1b नेटवर्क ब्याबसायले सर्बसाधारण श्रमिक लाई धेरै कमिसनको प्रलोभनमा पारेर ठगी गर्दै आइरहेको खुलेको छ। धेरै कमिसन पाइने प्रलोभन र आशा देखाउदै आर एम-५८० देखि आर एम-५८०० सय सम्म असुल गरि सोझो सिधा नेपाली श्रमिकहरु लाइ ठगी गर्दै आएको रहस्य एकाएक खुल्न थालेको छ । यो ब्यबसायमा सम्लग्न जो कोहिले यस कम्पनीको बारेमा जानकारी लिन चाहन्छ।बुझ्न चाहान्छ सिधै उसैको user आइडी ब्लक गर्ने गरेको रहस्य खुलेको छ।अनेकन प्रलोभनमा पारेर ललै फकाइ गरेर सदस्य बनाउछन।छिटै पैसा कमाउने योजनाले गर्दा सिस्टम मुताबिक सदस्यहरूले मोटो रकम जम्मा गर्छन।र त्यसपछि पछि उक्त user लाइ ब्लक गरि ग्रुप बाट लहटाएर लिडरहरु सम्पर्क बिहिन हुने गर्छन।यो प्रबृत्ति दोहोरिन थाले पछी यस्तो ठगि धन्दा बढेको सोहि ब्याबसायमा आवद्ध टेक श्रेष्ठले बताएका छन।

    नयाँ-नयाँ र सोझा मान्छेहरु लाई मिठा मिठा कुरामा छिटो र धेरै पैसा कमाउने आशा देखाउने काम भइरहेको खुल्न आएको छ। म यस कम्पनी मा २०१५/१/१ बाट यस्को सुरुवाती देखिनै निरन्तर छु। यो व्याबसाय गर्दै आएका टेक श्रेष्ठले भने। यो कम्पनी बैधानिक वा अबैधानिक हो भनेर कम्पनीको बारेमा जानकारी लिन खोज्दा उन्को आइडी ब्लग गरि दिएका छन। उन्को सुरुमा प्रवेश गर्दा प्रवेश सुल्क बापत आर एम- ५०० र त्यसपछी आर एम-५८०० अतितिक्त लगानी समेत गरिसकेको उनले बताए। श्रेष्ठका अनुसार यो कम्पनी जर्मनी भनेर झुठो कुरो गरिरहे को र कम्पनी कुनै जर्मनी नभइ मलेसिया बाट संचालित रहेको बताए भने यस्को कुनै निश्चित मापदण्डको ब्यापार नरहेको समेत खुलासा गरेका छन। यस्को कुनै कार्यलय छैन र आधिकारिक संचालक डेबिट घी र सिस्टम सिङ्गपुर भनीए पनि यो भ्रमको खेती मात्रै रहेको बताए। यश कम्पनी ले गर्ने काम सवै अबैधानिक हो।यस्को कुनै बैधानिक्ता छैन भन्ने आरोप पनि लगाएका छन ।

    यदि यो कम्पनी बन्द भयको अबस्थामा कुनै पनि कानुनी न्याय नपाइने जिकिर गरे। किनकी लगानी गरेको कुनै प्रमाण हुदैन । यो ब्यबसाय मा सबै हुण्डी कारोबार हुने त्यसबाट मुनाफा कमाउने सम्यन्त्र रहेको समेत आरोप लगाएका छन । यदी एस्तो होइनन् भने लगानी गरेका लगानी कर्ता ले किन यस्को बारेमा जानकारी लिन खोज्दा किन लगानि कर्ता को एकाउन्ट ब्लक गर्छ ? यस्को मुख्य कारण के हो ? भन्ने प्रस्न गर्दै आम श्रमजीवी नेपालीहरु लाई होसियार र साबधान रहन अपिल गरेका छ्न। श्रेष्ठले (1w1b) नेटवर्क कम्पनीमा २ बर्ष पुर्णकालिन रुपमा ब्याबसाय गरेका थिए। सुरु देखि अहिलेसम्म को स्थिती बताउन सक्ने र विशेष त आम नेपाली श्रमिक फस्न सक्ने बाताबरण भएकोले आफुले यो ब्याबसाय लाई बिट मार्दै सम्पुर्ण लाइ सचेत हुन लाई आग्रह पनि गरेका छन।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…