• बलात्कारको पीडा कतिसम्म हुन्छ भन्ने कुरा तीन छोरी मिलेर आफ्नै बाबुको हत्या गरेको घटनाले छर्लङ्ग पार्छ ।
    रुसमा लामो समयसम्म आफ्नै बावुबाट बलात्कृत भएपछि तीन दिदी बहिनीले बावुको हत्या गरेका छन् । क्रेस्टिना, एन्जेलिना र मारिया खचतुर्यानले बावुलाई चक्कु प्रहार गरेका थिए । छोरीहरुको आक्रमणबाट घाइते भएका बावु मिखाइलको हालै मृत्यु भएको हो । बावुबाट यौन शोषण हुँदा उनीहरु १७, १८ र १९ वर्षका थिए । लामो समयदेखि बावु मिखाइलले यौन शोषण तथा बलात्कार गरेको भन्दै उनीहरुले आक्रमण गरेका थिए ।
    यस्तो घटनापछि महिला अधिकारकर्मीहरुले ती दिदी बहिनीलाई जेल सजायमा नपठाएर मानसिक उपचार गराउनुपर्ने बताएका छन् । अनुसन्धानकर्मी टोलीले मंगलबार घटनाको पुष्टि गर्दै हत्यामा प्रत्यक्ष रुपमा दुई छोरी दोषी रहेको ठहर गरेको छ । एन्जेलिना र क्रिस्टेनालाई हत्याको दोषी ठहर गरिएको हो । कान्छी मारियालाई भने मानसिक उपचारका लागि निगरानीमा राख्न सुझाव दिइएको छ । एजेन्सी

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…