• काठमाडौँ, २७ पुस/ नेपाल आदिवासी जनजाति महासंघले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको नाममा यही पुस २७ गते राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने भनी गरेको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    महासंघका अध्यक्ष जगतबहादुर बरामले आज एक विज्ञप्ति जारी गरी बहुलता र विविधतायुक्त नेपाली समाजको यथार्थताबमोजिम परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा आमजनताको चाहना र भावनालाई चोट पुग्ने गरी षडयन्त्रपूर्ण ढंगले एकल जाति÷नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व झन् भन्दा झन् स्थापित गराउने गरी एकल जातिवादी र नश्लवादी राज्यको पक्षपोषणमा नेपाल सरकार र यसका संयन्त्रहरु पछिल्ला दिनहरुमा क्रमशः अघि बढिरहेको यस निर्णयले थप पुष्टि गरेको महासंघको ठहर रहेको जनाउनुभएको छ ।

    आम आदिवासी जनजातिको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक हकअधिकार, मूल्य र मान्यतालाई बलात् गर्दै आन्तरिक औपनिवेशीकरणको शैलीमा राज्य विस्तार गर्ने व्यक्तिको जन्मदिनमा दिइएको सार्वजनिक विदा अविलम्ब फिर्ता लिन पनि महमसंघले माग गरेको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…