•  

    अहिले प्रधानमन्त्री ओली शारीरिक रुपमा जतिसुकै कमजोर देखिए पनि राजनीतिक रुपमा शत्तिलशाली छन् । २ तिहाई ब्यालेटको कारणले गर्दा अहिले प्रधानमन्त्रीले नेपालको विकास बाहेक अरु सवै काम गर्न सक्ने अवस्था छ ।

    विकास गर्न पनि नचाहेको होइन, विकासको बाटो सिकाउने उी संग कुनै संयन्त्र नै छैन । राजनैतिक रुपमा अझै शक्तिशाली बन्ने दाउ उनमा छ । उनले अहिले संविधान शंशोधन गरेर राष्ट्रपतिलाई शक्तिशाली बनाउने र केही समय पछि आफु नै देशको पहिलो वरियतामा जाने तुना बुना लामो समय देखि चली रहेको छ ।

    वास्तवमा कुनै पनि कम्यूनिष्टको शताआकाक्षा प्रधानमन्त्रीमा सिमित हुदैन यो विश्वव्यापी सत्य त्यो अहिलेका प्रममा पनि पलाएको छ र जुन गिरिजामा पनि पलाएको थियो त्यो आकांक्षालाई प्रचण्डले केही विदेशीको सहयोग किचीमिची पारिदिएका थिए । तर अहिले ओली भित्र भित्र आफनो विरोधीलाई ठेगान लगाई लगाई शक्तिशाली भएकाछन् ।

    अहिले प्रचण्डको दाहिने हात पनि ओली तिर छ माधवनेपालका दाहिने हात पनि एक दुई जनाबाहेक दिउसमा माधव तिर रातिमा ओली तिर ढल्केका छन् यहि मौकामा प्रमले संविधान मार्फत राष्ट्रपतिको शक्ति बढाएर आफु राष्ट्रपति र प्रचण्डलाई प्रधानमन्त्री बनाएका कसैले आश्चर्य नमाने हुन्छ ।

    यो यस्तो मौका छ की शत्ताको कुनै प्रलोभन नरहेका कृष्णभगवानका साथी सुदामा प्रधानमन्त्री भएकोभए पनि त्यस्तै सोच्ने थिए जस्तो अहिले बर्तमान प्रमले सोचेका छन् ।

    विपक्ष दल र आफ्नै पार्टी भित्र कयौ पटक चक्मा दिएका छन् । जसका कारण विपक्ष दल र पार्टीभित्रका प्रतिस्पर्धीहरु कमजोर बन्ने गरेका छन् । अहिले पनि भित्र बाहिरका सवैलाई चक्मा दिएर उनले जतिबेलापनि संविधान शंशोधन गर्न सक्छन् ।

    पछिल्लो समय सिंगापुरदेखि त्रिवि शिक्षण अस्पतालसम्मको सफर गरेका प्रधानमन्त्री ओलीले नेपाली राजनीतिमा अर्को चमत्कार गर्न तयारीमा छन् । अहिले स्वास्थ्य अबस्था केही कमजोर भएका कारण आफ्नो कदम अगाडी बढाउन सकेका छैनन् । तर केही दिनभित्रै संविधान संशोधन गरेर राष्ट्रपतिलाई शक्तिशाली बनाउने नै छन् ।

    धनीदेशमा परफरमेन्स मुख्य विषय हुन्छ भने गरिवदेशमा शक्तिको उँचाइलाई मुख्य मानिन्छ । त्यसैले मर्ने बेलामा एकपटक चीनकै राष्ट्रपति जस्तो शक्तिशाली बन्ने अभिलाषा उनमा रहेको छ । प्रत्येक्ष निर्वाचीचत राष्ट्रपति को प्रावधान ल्याउनका लागि उनलाई धेरै तिर चुनौति देखियो किनकी प्रत्येक्षमा कांग्रेस नै अगाडी आउन सक्ने, कुलमान , रवीलामिछाने , जस्तालेपनि चुनौति दिन सक्ने भएको सिधै शक्ति हस्तान्तरणमा जानसक्ने अवस्था छ ।

    अहिलेके उपनिर्वाचनको प्रचण्ड जीलेगर्दा पनि उनको यो मनोकांक्षामा बृद्धि भएको पर्यवेक्षक बताउँदछन् । अहिले विद्यालाई नै शक्तिशाली बनाउने अनि आफु त्यता जाने जस्तो कुरा धेरै पहिला देखि चलेको छ ।

    यो कुरामा प्रचण्ड, उपेन्द्र यादव र बाबुरामको समेत भित्रभित्र समर्थन हुने अवस्था छ । अहिले सम्म उनलाई समस्या सभामुखबाट थियो त्यो पनि आफ्नै इशारामा बनाउन पाए संविधान संशोधन सहज हुने देखिन्छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…