•  

    प्रवेश बिष्ट । भारतले एकतर्फीरुपमा नेपालको कालापानी क्षेत्रलाई समाहित गरी आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली भूमिको नयाँ नक्सा तयार गरी वितरण गर्न सरकारलाई आग्रह गरेको छ।

    भारतले गत कात्तिक २ गते सार्वजनिक गरेको उसको नक्सामा नेपाली भूमि कालापानी क्षेत्रलाई समेत समावेश गरेपछि नेपालको राजनीति क्षेत्र र जनस्तरमा आक्रोश पैदा भएपछि सरकार र पार्टीले नेपालको नयाँ नक्सा तयारीमा तदारुकता देखाएको हो। ‘हामीले पार्टीबाट निर्णयगरेर भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्रीलाई नेपालको नक्सा तयार गरी चाँडो वितरण गर्न भनिसकेका छौँ,’

    पछिल्लो सीमा विवादबारे नेकपाको बुधबार सम्पन्न सचिवालय बैठकको निर्णयबारे सचिवालय सदस्य वामदेव गौतमले भने, ‘हामी हाम्रो एक इञ्च भूमि पनि लिँदैनौँ र हाम्रो भूमि पनि छाड्दैनौँ । त्यसका लागि सरकारको सम्बन्धित मन्त्रालयले आवश्यक पहल गरेर नक्सा सार्वजनिक गर्नेछ ।’

    सचिवालय बैठकबारे जानकारी दिने क्रममा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठबाट सीमा विवाद समाधानको सो निर्णयबारे उल्लेख गरेका थिएनन्। नेकपाको शक्ति सन्तुलनमा निर्णायक मानिएका नेता गौतमले भने, ‘कुन कुन पक्षसँग सहयोग लिएर हुन्छ, तुरुन्त हाम्रो भूमि एक इञ्च पनि बाहिर नपारेर हाम्रो नयाँ नक्सा तयार गरी वितरण गर्ने निर्णय भएको छ । यो निर्णयलाई अध्यक्षहरु र महासचिवले लागू गर्नुहुने नै छ ।’

    पार्टी सचिवालयबाट उपाध्यक्ष पदमा प्रस्तावित नेता गौतमले विशेष दूत (स्पेशल इन्भोइ) गएर भारतीय पक्षसँग
    त्यस्तो नक्सा सार्वजनिकको नचाइदो खिचलो बन्द गर्न भन्नेछ । हाम्रो भूभागमाथि हामीले सार्वभौमिकता लागू
    गर्न पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट सन्देश हो ।’ नेता गौतमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमा विवादबारे कुरा गर्न

    प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता एवं विदेश मामिला विभागका प्रमुख माधवकुमार नेपाललाई विशेष दूतका रुपमा पठाउने तय भइसकेको पनि जानकारी दिए। भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि देशभर त्यसको विरोध भइरहेको छ भने राष्ट्रको अन्तर्राष्ट्रिय सिमाना रक्षाका निम्ति राष्ट्रिय प्रतिबद्धता प्राप्त
    भएको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…