• मोरङ । अशोक शंकरलाई नेपाल जेसीज बर्ष २०२० को राष्ट्रिय अध्यक्ष जिताउन गृह्य नगर मोरङको पथरीशनिश्चरेका नगरवासी क्रियाशील हुने भएका छन ।

    युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको लागि लाग्दै आएको अन्तर्राष्ट्रिय संस्था जेसीजको बर्ष २०२० को लागि आगामी पुस ९ देखि १२ गतेसम्म चितवनको रत्ननगरमा अधिवेशन हुदैछ ।

    राष्ट्रिय अध्यक्षको लागि उम्मेद्बारी घोषणा गरेको मोरङ पथरीका उर्जाशील युवा अशोक शंकरलाई जिताउन स्थानीय सरकार, उध्योग बाणिज्य संघ, संन्चारकर्मी, राजनीति दल र सामाजिक संस्थानाका नेताकार्यकर्ताहरु एकतावद्द भएर लाग्ने भएका छ्न ।

    शंकरको उम्मेद्बारी बारे छलफल गर्न आज (मंसिर २०) नगरमा आयोजित बृहत अन्तरकृयाले नगर प्रमुख दिलिपकुमार राई प्रमुख सल्लाहकार रहने गरि सल्लाहकार समिती, अर्जुन बुढाथोकी संयोजक रहनेगरि शंकर जिताउ समिती र नरेश घतानी संयोजकत्वमा आर्थिक समिती गठन भएको छ ।

    सल्लाहकार समितिमा संविधान सभा सदस्य चण्डीप्रसाद राई, नगर उपप्रमुख यमुना विष्ट, १० वटै वाडाका अध्यक्षहरु, दिनानाथ तिम्सिना, केशव दुलाल लगायत रहेका छन । सल्लाहकार समितिमा पूर्वी मोरङको ९ स्थानीय तहको प्रमुखहरुलाई पनि राखिने सल्लाहकार संयोजक दिलिपकुमार राईले बताए ।

    शंकर जिताउ समितिमा पथरी उध्योग वाणिज्य संघको उपाध्यक्ष दीपक बस्नेत, मुरारी आचर्य लगायत १०१ सदस्यीय समिती गठन भएको छ ।
    सोही प्रयोजनको लागि नरेश घतानीको संयोजकत्वमा गठन भएको समितिमा तुलशी ढकाल, जानुका भण्डारी लगायत रहेका छन । प्रचारप्रशारको लागि संचारकर्मीहरु संगठित भएका छन ।

    व्यबसायी अशोक शंकर पथरी जेसीजको संस्थापक अध्यक्षहुँदै राष्ट्रिय उपाध्यक्ष भइसकेका युवा हुन । अशोक राई पथरीशनिश्चरे नगर, मोरङ जिल्ला र १ नम्बर प्रदेशको मात्र होइन नेपालकै साझा सम्पती बन्न लायक भएको अन्तरक्रियामा उपस्थित सहभागीहरुले बताएका ।

    निर्वाचनमा नेपालमा रहेका १५० साखाहरुबाट एक हजार सात सय मतदाता रहेका छन । आफ्नो उमेदवारलाई भोट माग्न अशोक शंकरको टोलि २५ दिनमा मेचीदेखि महाकालीसम्म १४० साखा भ्रमण गरिसकेको सहभागी दिपेन्द्रराज तिम्सिनाले बताए ।

    संकर पथरीको पन्चायत माबि अध्ययन गरेका विध्यार्थी हुन ।

    राष्ट्रिय अध्यक्षको लागि मोरङका अशोक शंकर, चितवन अरुनेस्वर खनाल र काभ्रेका बिकाश मानन्धर चुनावी प्रतिष्प्रर्धामा रहेका छन ।

    अन्तरक्रियामा उपस्थित अध्यक्षका उमेदवार अशोक शंकरले आफूले सक्ने गर्दै आएकोले भौतिक र नैतिक रुपमा सहयोग गर्न अव्हान गरेका छन । जेसीज विस्वको १२० देशमा गठन भएर युवाहरूलाई व्यक्तित्व र नेतृत्व विकासमा सहयोग गर्दै समाजमा हस्तान्तरण गर्दै आएको संस्था हो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरीमा देशभरबाट तेक्वण्दो खेलाडीहरु खेल प्रतिष्पर्धाको लागि आउने भएका हुन्  नेपा…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…