• काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी भतिजी कमला ओलीलाई सूचना आयोगको आयुक्तमा नियुक्त गरेका छन् । तर, नियुक्त गर्ने सिफारिस संविधानसम्वत नभएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    अधिवक्ता विष्णु लुइँटेलले मंगलबार सूचनाको हक सम्बन्धि ऐनको दफा ११ को व्यवस्था विपरीतको सिफारिस र त्यही सिफारिसको आधारमा भएको नियुक्ति खारेजी माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

    सिफारिस समितिको अध्यक्ष सभामुख हुनुपर्नेमा कानुन विपरीत उपसभामुख शिवमाया तुम्बाहाङ्फेले नेतृत्व गरेको भन्दै रिट दायर भएको हो ।

    दफा ११ मा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तहरुको नियुक्तिका लागि सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री वा राज्यमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने समिति हुने उल्लेख छ ।

    तर, अहिले सभामुख पद रिक्त भएको बेला उपसभामुख तुम्बाहाङ्फेले ऐनको व्यवस्था विपरित विपरीत सिफारिस गरेको जिकिर रिटमा गरिएको छ ।

    ऐनले सभामुखको अधिकार उपसभामुखले प्रयोग गर्ने कल्पना नगरेको गर्दै सिफारिस खारेज गर्न माग गरिएको छ ।

    उपसभामुख तुम्बाहाङ्फेको अध्यक्षतामा आइतबार बसेको सिफारिस समितिको बैठकले प्रमुख सूचना आयुक्तमा महेन्द्रमान गुरुङ र सूचना आयुक्तहरुमा अधिवक्ता कमला थापा ओली र दीपक मैनालीको नाम सरकारसमक्ष सिफारिस गरेको थियो ।

    त्यही सिफारिसका आधारमा सोमबार मन्त्रीपरिषद्ले उनीहरुलाई नियुक्त गरेको थियो । ओलीकी भतिजी, नेकपाका सुदुरपश्चिम अध्यक्ष कर्ण थापाकी श्रीमति समेत हुन् । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…