• हालसम्म ८ लाख ५१ खर्च भइसकेको र अस्पतालमा दुई लाख बा“की रकम अपुग
    उर्लाबारी/वायिरिङ गर्ने क्रममा घरकोे चौथो तल्लाबाट लडेर सिकिस्त भएका उर्र्लाबारीका देवेन्द्र तामाङको उपचारका लागि सहयोग जुट्न थालेको छ ।
    कमजोर आर्थिक अवस्थाका कारण उपचारका लागि खर्च अभाव भएपछि स्थानीय प्रभु दिलुङ्छा राईको संयोज्कतोमा गठित देवेन्द्र तामाङ बचाउ अभियान गठन गरिएकोे छ । अभियानले हालसम्म चारलाख २९ हजार पाच सय पचास रुपैया संकलन गरेर तामाङको उपचार गरिरहेको छ ।



    गत पौष ४ गते उर्र्लाबारी–७मा रहेको प्रकाश चोम्बाङकोे घरमा वायरिङ गर्ने क्रममा लडेपछि तामाङको उपचारमा धरान र विराटनगरमा सम्भव नभएपछि भारतको सिलगुडि स्थित नर्थ बेंगाल न्यूरो अस्पतालमा २० दिन भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । हाल उनलाई एचडियूमा सिफ्ट गरेर उपचार भइरहेकोे राईले जानकारी दिए । तामाङको टाउकोमा गम्भीर चोट लागेकोे थियो । तामाङको उपचारका लागि हालसम्म ८ लाख ५१ खर्च भइसकेको र अस्पतालमा दुई लाख बा“की रकम अपुग भएकोे संयोजक राईले जानकारी दिए ।

    यसैबीच,देबेन्द्रको उपचारका लागि मार्बल्स फोलोगार्ड पाइप एण्ड फिटिङ कम्पनीले नगद १५ हजार,इलेक्ट्रा स्वीच कम्पनीले १५ हजार,पाइप एण्ड फिटिङ कम्पनीले ५ हजार सहयोेग गरेका छन् । यस्तै,मकाउमा कार्यरत उर्लाबारी–८ निवासी गिता मगर शेर्पाको पहलमा ८९ हजार दुई सय ६५,कतारबाट उर्लाबारी–६ निवासी योगेन्द्र अधिकारीले नगद १० हजार लगायतले स्थानीयवासीले सहयोग गरिरहेका छन् ।

    कमजोर आर्थिक अवस्था भएका तामाङको उपचारका लागि सहयोग गरेर नया“ जीवन दिनका लागि परिवारले अपिल गरेकोे छ ।
    तस्विरःतामाङको थप उपचारका लागि उनकोे आफन्तलार्ई सहयोग रकम हस्तान्तरण गरिदै ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…