• विराटनगर । जाडोले कठ्याङग्रिएकी वृद्धा चन्द्रकुमारी ठकुरीको समाचार ब्लाष्ट टाइम्स दैनिकमा प्रकाशित भएपछि वृद्धालाई औषधि खान नगद सहयोग गरेका छन् ।

    धरानको तीनकुने निवासी सीता राइ र दुर्गा महराले ७८ वर्षिय वृद्धा ठकुरीलाई नगद सहयोग गरेका हुन् ।

    विराटनगर – ११ पिचराको दुर्गा मन्दिर छेउँमा सानो छाप्रो बनाएर बसोबास गर्ने वृद्धाको ब्लाष्टमा मुटु काम्ने जोडोमा ‘वृद्धाको कष्टकर जीवन’ भनेर प्रथम पृष्ठमा समाचार प्रकाशित भएपछि वृद्धालाई मनकारी संघसंस्थाले सहयोग गर्न थालेका छन् । ‘पत्रिकामार्फत वृद्धाको अवस्था दहनिय लागेपछि सहयोग गर्न आएका हौं,’ राईले भनिन्, ‘वृद्धाको अवस्था हेरपछि साह्रै दुःख लाग्यो । वृद्धा आमालाई खाजा र औषधि खान केही पैसा सहयोग गरेको छौं ।’

    शरीरको कम्मरदेखिको तलको भाग चल्न छोडेको लामो समय भएको छ । बसेको ठाउँदेखि अर्को ठाउँसम्म पुग्न नसक्ने वृद्धाको दिशापिसाब बसेकै ठाउँ हुने गरेको छ । सडकको नालामाथि सानो छाप्रोमा बसोबास गर्दै आएकी वृद्धा रेखदेख गर्ने कोही नुहँदा उनको अवस्था दहनिय छ । अत्याधिक बढेको जाडोको कारण वृद्ध ठाकुरी विरामी परेकी छिन् ।

    पत्रिकामा आएको समाचारको कारणले वृद्धालाई यसअघि विभिन्न सघंस्थाहरुले लत्ताकपडा, जस्तापता, ओढने गिरकलगायतको अत्यआवश्यक समाग्रीहरु सहयोग भएको थियो ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…