काठमाडौँ । शुक्रबार बिहान ९ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठकले विशेष निर्णय गर्दैछ ।
मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखको नाम तयसंगै प्रदेशको अस्थायी केन्द्र तोक्ने जनाइएको छ।
सत्ता बाहिर बसेको सबैभन्दा ठूलो दल नेकपा एमालेले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने काम सरकारको हो भन्दै पन्छिएको छ ।
एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुखमा हुन सक्ने सम्भावित नामसमेत दिएको छैन ।
त्यसैगरी अस्थायी केन्द्रका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्न खोज्दा पनि वास्ता गरेको छैन ।