काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।
कांग्रेस सभापति देउवा प्रधानमन्त्री ओलीलाई भेट्न आज बालुवाटा पुगेका थिए । भेटका क्रममा उनीहरूबीच संवैधानिक परिषदसंबन्धि विवादास्पद विधेयकका बारेमा छलफल भएको छ । देउवाले ओलीलाई उक्त विवादास्पद विधेयक नल्याउन आग्रह गरेका छन् ।
सरकारले संवैधानिक परिषदसम्बन्धी कार्यविधिलाई परिवर्तन गर्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो । प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने गरी गरिने परिवर्तन स्वीकार्य नहुने कांग्रेसले बताएको छ ।