• गायक तथा संगीतकार तुलाधर दर्नाल नयाँ गीत लिएर आएका छन् । उनले आफ्नो युट्युब च्यानलमार्फत ‘सुनै सुनको महल’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा गायक स्वयंकै संगीत छ भने गीतका शब्द गीतकार उपेन्द्र अधिकारी ‘दुःखी छिमेकी’ले रचना गरेका हुन् । संगीत संयोजन किरण कँडेलको रहेको छ ।

    नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय गायक-संगीतकार दर्नालले गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हुन् । म्युजिक भिडियो भने निकट भविष्यमै बजारमा ल्याइने दर्नालले बताए ।

    यसअघि गायक दर्नालको ‘बीचै नदीमा तिमीले’, ‘मेरो मुटु तिमी’, मन मेरो चोरी’, बजारमा ल्याइसकेका छन् । दर्नालले धेरै गीतमा संगीतसमेत भरिसकेका छन् ।

सम्वन्धित समाचार

मोरङ : किरात राई यायोक्खा प्रारम्भिक कमिटी किर्तिमानको आयोजनामा लेटाङ नगरपालिका वडा नं ३ स्थित साकेला पा…

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक काठमाडौँ । कलाकार बिराज बा…

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…