• काठमाडौं । तपाई मदिरा पिउनु हुन्छ ? पिउनु हुन्छ भने कुन ‘ब्राण्ड’ तपाईंको ‘फेवरेट हो ? यदि रुसलान भोड्का पिउनुहुन्छ भने तपाईंको ‘ब्रेन ड्यामेज’ हुने खतरा समेत पिउँदैहुनुहुन्छ । देख्दा निकै मोहक देखिने रुसलान भोड्का मानवीय जीवनका लागि घातक मानिन्छ ।

    तपाईंले देख्नु भएकै होला, घरदेखि बजार टेलिभिजनदेखि अनलाईन र विमान भित्र समेत रुसलानकै विज्ञापन । तर, जुन वस्तुको अत्याधिक विज्ञापन गरिन्छ त्यो वस्तु मानव स्वास्थ्यका लागि उत्तिकै खतरनाक हुन्छन् ।

    ‘मैले नियमित रुपमा रुसलान भोड्का पिउँदै आएको थिएँ । तीन वर्षको बीचमा मेरो ब्रेन ड्यामेज भएको थाहा पाएँ,’ ब्रेन ड्यामेज भएपछि राजधानीको नर्भिक अस्पतालमा ब्रेनको उपचार गराईरहेका योगेश्वर राईले भने,‘यो पिएपछि दिमागमा रिल्याक्स हुन्थ्यो तर, भोलीपल्ट टाउको दुखेर हैरान पाथ्र्यो ।’

    तीन छोराछोरीका बाबु योगेश्वरले ५ वर्षदेखि देखि मदिरा पिउँदै आएका थिए । साथीहरुकै सल्लाहमा उनले रुसलान भोड्का पिउन थाले । शुरुमा उनलाई ‘रिल्याक्स’ भएको थियो । तर, समय वित्दै गयो उनले रुसलानको नसा छोड्न सकेनन् यता रुसलानले दिमाग भित्र खियाउँदै गएको पत्तै पाएनन् ।

    ‘हरेक दिन बेलुका टाउको दुख्न थालेपछि अस्पताल गएँ । एक्कासी थाहा पाएँ मलाई त ब्रेन ड्यामेज भएको रहेछ,’ उनले सुनाए,‘म अब कति दिन बाँच्छु थाहा छैन तर, साथीहरुले भोड्का नामको कुनै मदिरा नखानुहोला ।’

    यदि तपाईंले एउटा भोड्का पिउनु भयो भने तपाईंको दिमागले औषत भन्दा काम गर्न छाड्ने विश्लेषकहरुको दाबी छ । हुनत अधिकांश मदिराले तपाईंलाई थकान, मानसिक रोग, क्रोध, गम्भिर प्रकारको फ्लूहरु देखिने बताइन्छ ।

    एउटा भोड्काले हाम्रो शरिरको लिभरलाई शिथिल पारिदिन्छ । जसलाई लिभर डिजिज समेत भनिन्छ । हाम्रो शरिरको लिभरलाई निकै कमजोर बनाउनका लागि समेत रुसलान भोड्काले भूमिका खेल्छ । यदि तपाईंले नियमित रुपमा रुसलान भोड्का पिउँदै आउनु भएको छ भने, यसको प्रयोगले जन्डिस्, पेटको खरावीले वान्ता हुने, र फेवरले समेत पछ्याईरहन्छ । नियमित मदिरा सेवनले हुने लिभर खराबीलाई बेलैमा समाधान गर्न नसके वा रुसलान भोड्का नियमित रुपमा पिउनु भयो भने लिभर खराबीकै कारण तपाईंको मृत्यु समेत हुनसक्छ ।

    यस्ता छन् रुसलान भोड्काको खतरनाक प्रभाव

    मुटुरोग तथा क्यान्सर

    रुसलान भोड्का या मदिराजन्य वस्तुहरुले पक्कैपनि तपाईंको मुटुलाई अत्याधिक ‘रिस्क’मा राखिरहेको हुन्छ नै । क्यान्सरको समेत खतरा हुने विज्ञहरुको भनाई छ । मानव शरीरमा भोड्का जस्ता मदिरा प्रयोग गर्नाले हृदय रोग बढ्दै जाने र टाउकोको क्यान्सर समेत हुने खतरा रहेको बताइन्छ । यस्ता मदिराले मानिसमा हर्टएट्याकको कतरा समेत हुने गर्छ ।

    ब्रेन ड्यामेज

    मानव शरिरको मस्तिष्कमा हुने कोशिकाहरुलाई नष्ट गराउने र अन्तत क्यान्सरको जोखिममा समेत हाम्रो शरिरलाई पुर्याउँछ । मानवीय शरीरमा यस्ता खालका मदिराको प्रयोगले निरन्तर भोड्काको प्रयोगले नसा, तथा शरीरका हाडजोर्नीहरु कमजोर हुँदै जानेछ । मानिस सफल हुनका लागि एकाग्रता आवश्यकता पर्छ । तर, यस्ता खालका मदिरा पिउने व्यक्तिमा एकाग्रताभंग हुने गर्दछ । सुस्ततता, रोगप्रतिरोधी क्षमतामा कमी लगायतका विभिन्न समस्या समेत यस्ता मदिराले ल्याउने गर्छन् । राजधानीको ट्रमा सेन्टरमा कार्यरत एक चिकित्सकका अनुसार यस्ता मदिराको सेवनले मानव शरीरमा रहेको मुत्रनलीमा विशेष प्रभाव पार्ने देखिन्छ ।

    अनिदो

    हुन त कोही मानिसहरु मदिरा पिएपछि निन्द्रा आउने बताइरहन्छन् । तर, मानिसमा निन्द्रा आउनुको विपरित कारणहरु छन् । मदिराको सहारामा निन्द्रा आउनु स्वास्थ्यको दृष्टिकोणले समेत राम्रो मानिँदैन । स्वस्थ मानिसलाई समयमा निन्द्रा लाग्नु स्वभाविक हो तर, मदिराको सेवनले अस्वस्थ भएका मानिसलाई निन्द्रा आउनका लागि समेत मदिरा पिउने पर्ने बाध्यता हुन्छ । यसले मानिसको स्वास्थ्यमा दिर्घकालिन असर गर्ने चिकित्सकहरु बताउँछन् । भोड्का जस्ता मदिराको सेवनपछि आउने निन्द्राबाट मानिस ब्युँझेपछि सक्रियतामा समेत कमी आउने गर्छ ।

    निर्जज्जीकरण तथा उदासिनता

    मदिरा पिएपछि मानिसमा लाज हराउँछ । त्यसैले हामी देख्छौँ, मदिरा पिएपछि मानिसहरु नाच्छन्, गाउँछन् र झगडा समेत गर्छन् । भोड्का भित्र यस्तो पदार्थ मिसाइएको हुन्छ जसले मानिसमा निर्लज्जीकरणको मात्रा बढेर जान्छ । भोड्काको प्रयोगका कारण चरम मात्रामा हुने निर्लज्जीकरणमा मानिस पुग्दछ यस्तोमा उसले आफ्नो शरीरमा चोटपटक लागेको समेत थाहा नहुनेगरी झगडा गर्ने गर्दछ । तपाईंले भोड्का जन्य मदिरा पिउने गर्नुभएको छ भने आजैदेखि पिउन छाडिदिनुहोस् । स्वस्थ रहनुहोस् मदिराको खतराबाट बाँच्नुहोस् ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…